पोखरामा मौलिक डकुमेन्ट्री प्रर्दशनी हुने
पाेखरा | असोज ९, २०७९
पोखरा : रंग तथा सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीले निर्देशन गरेको भिडियो तथा डकुमेन्ट्रीहरु पोखरामा प्रर्दशन हुने भएको छ ।
हरीनास सिर्जनशील समूह पोखराको आयोजना र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका मुस्ताङको मुख्य प्रायोजनमा कार्यक्रम हुन लागेको हो । असोज १५ गते पोखरा थियटरमा सिञ्जालीले निर्देशन गरेका १५ वटा भिडियोहरु प्रर्दशन हुने कार्यक्रम संयोजक तथा हरीनास सिर्जनशील समुह पोखराका अध्यक्ष रुद्र सन्देशले जानकारी दिए । प्रर्दशनीमा मुस्ताङ ,कास्की, स्याङजा लगायतका स्थानका मौलिक लोक संस्कृति बोकेका भिडियो र डकुमेन्ट्रीहरु देखाईनेछ ।
भिडियोका निर्देशक सिञ्जालीका अनुसार मुस्ताङ जिल्लाका धाज्याङ, झोम्लु,याङजी,घ्या ला सिङसो,क्याङ ल्याचे क्याङ ,तलुु ,याङजी लगायतका गीत र नृत्य भिडियो स्याङजा र कास्कीमा प्रचलित ठाडोभाका ,बाजेबजै पुजा साथै भैरमथानको यात्रा भाग १ ,रेडियो नेपाल पोखराको परिचय लगायतका डकुमेन्ट्रीको प्रर्दशन हुनेछन ।
भिडियोहरुले संस्कृति संरक्षण गदै पुस्ता हस्तान्तरणमा लागि सहयोग पुग्ने आसा राखेको निर्देशक थापाले बताए । मुस्ताङको वारागुङ गाउँपालिकाले स्थानीय कला ,संस्कृति,भाषा संस्कृति संरक्षण गर्ने क्रममा यस्तो कार्यक्रममा जोडिन पाउदा खुशी लागेको प्रमुख प्रशासकीय अधिकृत जीत वहादुर रानाको भनाइ छ ।
गण्डकी: कास्कीको रुपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरी लसुन र प्याजको व्यावसायिक खेती गरिरहेको छ । पालिकाले यस वर्ष एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य राखेको छ । अघिल्लो वर्...
काठमाडौं: बिहीबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँको गिरावट आएको छ । यो गिरावटसँगै एक तोला सुनको मूल्य ...
काठमाडौं: काठमाडौंको शङ्खरापुर नगरपालिका–३ साँखु जहरसिंहपौवास्थित सडकमा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । बुधबार चार जनाको मृत्यु भएकामा आज थप एक ...

