एशियन फोरमको टिम विल्डिङ कार्यशाला सम्पन्न

पाेखरा | असोज ९, २०७९

एशियन फोरमको टिम विल्डिङ कार्यशाला सम्पन्न

 

पोखरा । एशिया मानव अधिकार तथा साँस्कृतिक विकास मञ्च (एशियन फोरम)को आयोजनामा दक्षिण कोरियामा रहेका हाना नानुम फाउन्डेसन र वी फ्रेन्डस संस्थाको सहयोगमा टिम विल्डिङ कार्यशाला गोष्ठी पोखरामा सम्पन्न भयो ।

 

कार्यक्रममा स्वदेश फिर्ता भई विभिन्न पेशा व्यवसायमा आवद्ध,  कृषि बिज्ञ, पर्यटन बिज्ञ, निति तथा कानुन बिज्ञ, पत्रकारहरु, स्थानीय जनप्रतिनिधिहरु साथै बुद्धिजीवीहरुको सहभागीता रहेको थियो ।

 

नेपालको समग्र सामाजिक एवं श्रम आप्रसनका क्रममा श्रमिकहरुको हक तथा अधिकार कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयका साथमा स्वदेश फिर्ता आप्रवासी श्रमिकहरुको आर्थिक सामाजिक तथा संबेगात्मक पुनःएकिकरण का लागि स्थानीय, प्रदेश तथा केन्द्रमा के कस्ता निति तथा कार्यक्रम हुनुपर्छ भन्ने विषयमा केन्द्रीत रहेको थियो ।

 

कार्यक्रममा सहभागी विभिन्न क्षेत्रमा दक्षता प्राप्त ब्यबसायीहरुले आफ्नो तवरबाट बिचार प्रस्तुत गरि कार्य योजना अनुसार काम प्रतिबद्धता जनाएका थिए ।

 

सो गोष्ठीमा आगामी दुई बर्षको लागि स्वास्थ्य र स्वच्छता सम्बन्धी कार्यक्रम संस्थाका कार्यक्रम तथा गतिविधि तय गरिएको संस्थापक अध्यक्ष सिद्धिचन्द्र वरालले वताए  ।

 

एशियन फोरमका केन्द्रिय अध्यक्ष किस्मतमणी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा श्रम आप्रबासन विज्ञ निलाम्बर बडालले सहजीकरण गरेका थिए ।

काठमाडौं।     प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ ।   प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको  सबैलाई धन्यवाद द...

थप पढ्नुहोस्

गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ ।    उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२०  मतान्तरले पछाडी पार्दै ...

थप पढ्नुहोस्

काठमाडौं:  देशका केही भू-भागमा आज  मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

थप पढ्नुहोस्