चितवनमा लागुऔषधिसहित छ जना पक्राउ

चितवन | असोज ५, २०७९

चितवनमा लागुऔषधिसहित छ जना पक्राउ तस्बिर फाइल

चितवन  :  चितवन प्रहरीले लागुऔषध खैरो हेरोइनसहित छ जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका-१५ सूर्यनगरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरो हेरोइनजस्तो देखिने १० ग्राम पाँच सय मिलीग्राम लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाका साथबाट स्टिलको थाल दुई थान, १० वटा अर्ध जलेको अवस्थामा रु पाँचको नोट, लाइटर चार थान,  १२ खिल्ली चुरोट, टुक्रा पारेको अवस्थाको ब्लेड आठ टुक्रा, सिक्का तीनवटा, एक सय ५५ पुरियामा लागुऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ ।


 
उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-१५ बस्ने वर्ष २२ का सन्तोष परियार, वडा नं १९ बस्ने वर्ष २२ का यमबहादुर आलेमगर, लमजुङ घर भई हाल भरतपुर २० बस्ने वर्ष ३० का तुलबहादुर गुरुङ, भरतपुर-१५ बस्ने वर्ष २३ का प्रशन्न गुरुङ, नवलपरासी देवचुली नपा-१५ घर भई हाल भरतपुर-१५ बस्ने वर्ष २३ का चेतबहादुर क्षेत्री र भरतपुर-२७ मेघौली बस्ने वर्ष ३६ का सुरेश महतो रहेका छन् ।

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्