केशव स्थापितले सयवटा ‘गफ गर्ने’ ठाउँ बनाइदिने
काठमाडाैं | बैशाख २४, २०७९
काठमाण्डौंः विवाद र चर्चाका पर्याय बनेका केशव स्थापितले काठमाण्डौंमा एक सयवटा गफ गर्ने ठाउँ बनाइदिने प्रतिबद्धता जनाएका छन् ।
नेकपा एमालेबाट काठमाण्डौं महानगरमा मेयरका प्रत्यासी रहेका स्थापितले राजधानीमा युवा गफिने, जीवनका कथा हाल्ने स्थानको अभाव भएको भन्दै उक्त योजना सुनाएका हुन् ।
सञ्चारकर्मीसँगको भेटघाटमा स्थापितले भने, ‘अहिलेका युवावर्गलाई राजधानीमा पार्क र भेटघाट गर्ने स्थानको अभाव छ, उनीहरुलाई सार्वजनिक स्थलको अभाव छ ।’
यससँगै स्थापितले ‘घरघरमा स्वास्थ्य नारी कार्यक्रम’, ‘ट्राफिक व्यवस्थापन’ र ‘फोहोर व्यवस्थापन’लगायतका योजनासमेत सुनाएका छन् ।
पोखरा: प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ । लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग...
चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

