'च्याम्पियन' बन्ने दाउमा नेपाल
काठमाडाैं | असोज १, २०७९

काठमाडौं: नेपाल महिला साफमा पाँचौ पटक फाइनल पुगेको छ । बंगलादेश भने दोस्रो पटक फाइनल पुगेको हो ।
दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठुलो महिला फुटबल प्रतियोगिता महिला साफ च्याम्पियनसिपले नयाँ च्याम्पियन टोली पाउने भएको छ ।
नेपालमा जारी छैटौं संस्करणको उपाधि विजेता टोली महिला साफको नयाँ च्याम्पियन राष्ट्र बन्ने छन् । महिला साफको १२ वर्षे इतिहासमा पहिलो पटक नयाँ च्याम्पियन राष्ट्र थपिने छ ।
सन् २०१० बाट सुरु भएको महिला साफको पाँच संस्करणसम्म भारत एक्लो च्याम्पियन राष्ट्र हो । यस संस्करणमा भने भारतलाई नेपालले सेमिफाइनलमै १-० ले पराजित गरेको छ ।
भारतलाई हराउँदै फाइनल पुगेको नेपालले उपाधिका लागि बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेश जसले जितेपनि नयाँ च्याम्पियन बन्नेछ ।
१२ वर्षे इतिहासमा पहिलो पटक भारत फाइनल पुग्न नसकेको हो । यस अघि चार पटक नेपाललाई फाइनलमा हराएर भारतले उपाधि उचालेको थियो । यस्तै एक पटक भारतले बंगलादेशलाई हराएर उपाधि जितेको थियो ।
पाँच पटकको च्याम्पियन भारत महिला साफको इतिहासमा दोस्रो पटक पराजित भएको छ । यस अघि समूह चरणमा भारतलाई बंगलादेशले हराएको थियो ।
पोखरा: इन्टरसिटी एडभेन्चर ट्राभल्स एण्ड टूर प्रालिले पोखराको छोरेपाटनबाट काठमाडौंसम्म अत्याधुनिक लग्जरी बस सेवा सुरु गरेको छ। पृथ्वी राजमार्ग बस व्यवसाय समितिका अध्यक्ष योगेन्द्र केसीले रिबन काटेर ...
कञ्चनपुर: गएराति देखिको अविरल वर्षाले डुबानमा पार्दा कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीका आरती विकको चार जनाको परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्...
कैलाली: गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न क्षेत्र आज जलमग्न भएका छन् । मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, प...