पोखरामा ‘आर्ट क्याम्प’ सुरु, संगीत र कलाको राजधानी हो पोखरा: पूर्वगृहमन्त्री अधिकारी
पाेखरा | असोज १, २०७९
पाेखरा: इन्टरनेशलन वाटरकलर सोसाइटी (आइडब्लुएस) नेपालको आयोजनामा पोखरामा आजदेखि ‘आर्ट क्याम्प’ सुरु भएको छ ।
पोखरा महानगरपालिका १ बगरस्थित गण्डकी प्रज्ञा प्रतिष्ठानको भवनमा आज (शनिबार) देखि ‘पोखरा आर्ट क्याम्प’ सुरु भएको हो ।
आगामी ४ गतेसम्म सञ्चालन हुने उक्त क्याम्प प्रतिष्ठानको भवनमा मात्रै सिमित नहुने कार्यक्रम संयोजक मनोज योञ्जन तामाङले बताए । सो क्याम्पमा नेपालसहित भारत, बङ्गलादेश र इरानका एक सय १८ कलाकारको कलासहित सहभागिता रहेको तामाङले बताए ।
उनका अनुसार नेपालबाट ९० भारतका ८, बङ्गलादेशका १७ र इरानका ६ जना कलाकारको सहभागिता रहेको छ । आर्ट क्याम्पअन्तर्गत आज (असोज १ गते) भारत, बङ्गलादेश र नेपाललका १२ जना प्रसिद्ध कलाकारले प्रत्यक्ष कला ‘डेमोष्ट्रेसन’मा सहभागी भएका छन् ।
‘पोखरा घुमौँ र पोखराको प्राकृतिक सौन्दर्यलाई चित्रण गरौँ’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा कला कार्यशालाका साथै कला सेमिनार, कला पर्यटन भ्रमण तथा कला प्रदर्शनी हुने कार्यक्रम संयोजक मनोज तामाङले बताए ।
यसैगरि आइडब्लुएस नेपालका अध्यक्ष एनबी गुरुङले क्याम्पको दोस्रो दिन घाचोकका दृश्य क्यान्भासमा उतार्ने गरि कार्यशाला सञ्चालन हुने जानकारी दिए । उनका अनुसार तेस्रो दिनभने विश्वशान्ति स्तुपामा कला कार्यशाला तथा प्रदर्शनी हुनेछ ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणका कारण ललितकलाका गतिविधि भर्चुअलमा सिमित भइरहेको सन्दर्भमा सङ्क्रमण न्यून भएसँगै उक्त कार्यक्रम भौतिक उपस्थिति गर्न लागिएको गुरुङले बताए ।
आयोजकले कला पर्यटन प्रवद्र्धन गर्दै कलामार्फत नेपालको पहिचान विश्वव्यापी पु¥याउने लक्ष्य लिएको छ ।
संगीत र कलाको राजधानी हो पोखरा: पूर्वगृहमन्त्री अधिकारी
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले पोखरा संगीत र कलाको राजधानी भएको बताए । ‘पोखरा एक प्राकृतिक कला भएको पर्यटकीय स्थल हो, उनले भने,‘ पोखरा संगीत र कलाको राजधानी हो । कलाको माध्यमबाट राज्यलाई चिनाउन महत्वपुर्ण योगदान रहन्छ ।’
उनले कलाले मान्छेलाई सुखस्दुखमा साथ दिने धारणा राखे । ‘कलाले सुखःदुखमा साथ दिन्छ । हरेक कदमकदम कलाको साथ मिल्छ, उनले भने, ‘कलाले संसारलाई एक बनाउनसमेत महत्वुपर्ण योगदान पु¥याउने गर्छ ।’
पोखराका कलाप्रेमी अशोक पालिखेले भने महेन्द्रपुलको आर्ट ग्यालेरी र पुस्तकालय सार्नमा महानगरलाई केन्द्र र प्रदेश सरकारको साथ अनिवार्य रहेको बताए ।
‘महानगरपालिकाको परिभाषा पुरा हुन विश्वविद्यालय, अस्पताल, कला संग्रहालयहरु अनिवार्य रहन्छ छ, पालिखेले भने, ‘तर पोखरा महानगरले चाँही भएको भवन भत्काएर अर्काे ठाउँमा बनाउने घोषणा गरेको छ । यसमा केन्द्र र प्रदेश सरकारको साथ अनिवार्य हुन आवश्यक देखिन्छ ।’
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...
पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...
पोखरा । तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

