पोखरा महानगरले बाँड्यो १० लाख रूपैयाँको खेल सामग्री
पाेखरा | भदौ ३१, २०७९
पोखरा । पोखरा महानगरपालिका मातहतको खेलकुद विकास समितिले खेलाडीलाई १० लाख रूपैयाँ बराबरको खेल सामग्री वितरण गरेको छ । नगर प्रमुख धनराज आचार्यको उपस्थितिमा शुक्रबार पोखरा रंगशालामा खेलसम्बद्ध संघसंस्था, प्रशिक्षक र खेलाडीलाई खेलकुद विकास समितिले सामग्री वितरण गरेको हो ।
बास्केटबल, भलिबल, फुटबल, आइटिएफ तेक्वान्दो, केन्पो काइ, बक्सिङ, मुआ थाइ, उसु, एथलेटिक्स, कराँतेलगायत खेलका संघसंस्था, प्रशिक्षक र खेलाडीलाई १ देखि ६६ थानसम्म सामग्री वितरण गरिएको छ ।
खेल सामग्री वितरण गर्दै मेयर आचार्यले असोज अन्तिममा पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदमा धेरै पदक जित्ने गरी मिहिनेत गर्न प्रशिक्षक र खेलाडीलाई आग्रह गरे । ‘पोखरा उत्कृष्ट आतिथ्यता दिने सहर हो । पाहुनालाई सम्मानजनक व्यवहार गर्न चुक्न हुँदैन,’ उनले भने, ‘सम्मान त गर्ने हो, त्यो सँगै पदक पनि जित्नुपर्छ । ३६ खेलमध्ये धेरैभन्दा धेरै खेलमा पदक गण्डकी प्रदेशले ल्याउने गरी मिहिनेत आवश्यक छ ।’
नवौँ राष्ट्रिय खेलकुद सफल पार्न स्थानीय आयोजक भएको नाताले पोखरासँगै प्रदेशका खेल संघ र खेलाडी लाग्नुपर्ने उनले बताए । ‘राम्रो भयो भने त्यसको जस् हामीले नै पाउँछु । केही नराम्रो भए पोखरा र हाम्रै बद्नाम हुने हो । खेलसँग सम्बन्धित सबै अनुशासित र मर्यादित हुन जरुरी छ,’ उनले भने । पोखराबाट राष्ट्रिय÷अन्तर्राष्ट्रिय प्रशिक्षक उत्पादन गर्ने गरी योजना ल्याउने मेयर आचार्यले बताए ।
थोरै बजेट भए पनि सके जति खेललाई सामग्री बाँडेर सम्बोधन गर्ने प्रयास गरेको खेलकुद विकास समिति अध्यक्ष दिपकबहादुर गोदारले बताए । नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीलाई यसपटक सम्बोधन गरेको उनको भनाइ थियो ।
खेलकुद विकास समितिको कार्यालय मेयर आचार्यले शुक्रबार नै रंगशालामा उद्घाटन गरेका छन् । यसअघि कार्यालय ड्यामसाइडस्थित शिक्षा महाशाखासँगै थियो । खेलसम्बद्ध निकाय भएको र रंगशालामा राख्दा कार्यसम्पादनमा सहज हुने भएकाले कार्यालय सारिएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले बताए ।
पोखरा: नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बदल्ने निर्णय गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार कृष्ण थाप...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की–१ मा खड्कराज पौडेल (गणेश) र चुनाव लड्ने भएका छन् । बालेन्द्र साह हुँदै रास्वपा प्रवेश गरेका उनी अहिले केन्द्रीय सदस्य हुन् । टिकट पाएसँगै पौडेलले आफ्नो उम्म...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म ३३ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । बाँकी निर्वाचन क्षेत्रमा आज उम्मेदवारको घोषणा गरिने पार्टीका...

