सुनको कोटा बढाउन नेपाल राष्ट्र बैंक समक्ष माग

पाेखरा | भदौ ३१, २०७९

सुनको कोटा बढाउन नेपाल राष्ट्र बैंक समक्ष माग

पोखरा  ः  नेपाल सुनचाँदी रत्न तथा  आभुषण महासंघले सुनको कोटा बढाउन विदेशी विनिमय व्यवस्थापन विभाग, नेपाल राष्ट्र बैंक समक्ष माग गरेको हो । 

 

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले नेपालीहरुको चाडहरुमा बजारमँ कच्चा पदार्थको माग अपर्याप्त भएको भन्दै आज शुक्रबार राष्ट्र बैंक समक्ष ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गरेको हो । 

 

महासंघका महासचिव किसान सुनारले हस्ताक्षर गरेको ज्ञापनपत्रमा भनिएको छ,‘ नेपालीहरुको महान चाडपर्व दशैं, तिहार छठ तथा विवाहको लगनका महिनाहरु नजिक आईरहेको समयमा बजारमा कच्चा पदार्थको माग  आपुर्ति अपर्याप्त भएको व्यापारीहरुले महशुस गरेको उल्लेख गरिएको छ ।’


बजारमा कच्चा पदार्थहरुको माग अपर्याप्त भएको भन्दै महासंघले हालको १० केजी परिमाण तत्कालका लागि दैनिक २० केजी परिमाण पुर्‍याउन माग गरेको छ । 

 

अहिले मुलुकमा तोकिएको वाणिज्य बैंकहरु मार्फत सुन सम्बन्धित क्षेत्रमा विभिन्न संघ÷संस्थाहरुको सिफारिसमा व्यवसायीहरुले विक्री वितरण गर्दै आएका छन् । 

 

परिमाणात्मक बन्देज अन्र्तगत पैठारी र वितरण हुने सुनको  बिक्री , वितरण न्यायोचित नभएको भन्दै संघले मुलुकभर गरगहना व्यवसायीहरुले आफ्नो कामलाई आवश्यक कच्चा पदार्थ वा सुन समानुपातिक रुपमा प्राप्त गर्न नसकेको स्पष्ट पारेको छ । 

 

कच्चा पदार्थको अभावमा परम्परा र संस्कृति धान्नको लागि आवश्यक पर्ने गरगहना किन्न र बनाउन सुनको अभाव भएको र यस्तो अवस्थामा बजारमा अवैध आयातले प्रश्न उठाउने भएकाले गहनाको उत्पादन एवं व्यवसायमा संचालनमा निकै कठिनाई भएको भन्दै ध्यानाकर्षण गराएको हो । 

 

यसैबीच महासंघले विगत १२ वर्षदेखि सुनको आयातमा कोटा प्रणाली लागू गर्दै आएको र यस अवधिमा व्यवसायीहरुको संख्यामा वृद्धि भएकाले संघमा आवद्ध व्यवसायीहरुको  सदस्य संख्याको आधारमा कोटा पुनरालोकन गर्न माग गरेको छ । 

 

सदस्यको संख्याको आधारमा कोटा पुनः निर्धारण हुने गरी सुन आयात तथा विक्री वितरण सम्बन्धि व्यवस्था’ कार्यविधि –२०६८ मा समयानुकुल संशोधन गर्नसमेत पत्रमा उल्लेख गरिएको छ ।

काठमाडौं:  मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको छ । जसको प्रभावले मङ्गलबार देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान गण्डकी, लु...

थप पढ्नुहोस्

पर्वतः लगातारको वर्षाका कारण जिल्लाको मोदी गाउँपालिका वडा नं २ देउपुरको कोरुङ्गा गाउँ जोखिममा परेको छ । भिरबाट पहिरो झर्ने क्रम नरोकिएपछि सिङ्गो गाउँनै जोखिममा परेको हो । यहाँ आधादर्जन घरपरिवारको बसोबास रह...

थप पढ्नुहोस्

पोखरा:   कास्कीको तीन पालिकाले भोलि (मंगलबार) सार्वजनिक बिदा दिएको छ ।  आदिवासी जनजाति गुरुङ (तमु) समुदायको मौलिक एवम् सांस्कृतिक पर्व ट्होटे पर्वका अवसरमा भोलि कास्कीको अन्नपूर्ण, मादी र माछा...

थप पढ्नुहोस्