आयात नरोकिए चरणबद्ध आन्दोलन गर्ने केरा किसानको चेतावनी
चितवन | भदौ २३, २०७९
चितवन । जिल्लाका केरा उत्पादक कृषकले भारतीय केराको आयात नरोकिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल केरा उत्पादक सङ्घ चितवन शाखाले विज्ञप्ति जारी गर्दै भदौ २९ गतेसम्ममा भारतीय केरा आयात नरोकिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो । सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा केरामा आत्मनिर्भर बन्न लागेका कृषकलाई भारतीय केराको आयातले निरास बनाएको जनाइएको छ ।
जिल्लामा ७० हजार मेट्रिक टन वार्षिक केरा उत्पादन हुँदै आएको सङ्घले जनाएको छ । भारतीय केराको आयात नरोकिए जिल्लाका केरा व्यवसायी चरणबद्ध आन्दोलन गर्ने सङ्घले जनाएको हो । सरकारले केरा आयात गर्दा एलसी खोलेर मात्र ल्याउन पाउने नियम बनाएको भए पनि विभिन्न नाकाबाट बिना एलसी भारतीय केराहरु अवैधरूपमा नेपाल भित्रिने गरेको पाइएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । विज्ञप्तिमा भनिएको छ, “यो समस्या समाधान हुन नसके व्यवसायिकतातर्फ उन्मुख कृषक पलायन हुने अवस्थामा पुग्ने छन् ।”
चाडपर्वको समयमा नेपालको उत्पादनले बजार मूल्य नपाउनाले यहाँका कृषक अप्ठ्यारोमा परेको कृषकहरूले बताएका छन् । नेपाल केरा उत्पादक महासङ्घका अध्यक्ष विष्णुहरि पन्तले भारतीय आयात रोक्न नसके जिल्लाको उत्पादन त्यसै फाल्नुपर्ने बताउनुभयो। नेपालमा छठपर्वसम्मलाई पुग्ने केरा उत्पादन भएको भन्दै उहाँले देशभरबाट भारतीय केरा आयात विरुद्धमा आन्दोलनको तयारी भएको बताउनुभयो ।नेपालमा उत्पादित केराले बजार नपाउने अवस्थामा कृषक आन्दोलित बन्नुपरेको महासङ्घले जनाएको छ । नेपालको उत्पादनको २० प्रतिशत केरा चितवनले ओगट्ने गरेको छ ।
काठमाडौं। प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको सबैलाई धन्यवाद द...
गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछाडी पार्दै ...
काठमाडौं: देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

