डोजर लगाएपछि वडाध्यक्ष मर्सानीले भने – ‘भाडा नतिर्नेको फाइल महानगरमा छ’
पाेखरा | भदौ २३, २०७९
पोखरा: पोखरा महानगरका ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालय भवनमा भाडा नतिर्ने व्यवसायीहरुको फाइल महानगरमा भएको बताएका छन् ।
महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालय भवनमा भत्काउन डोजरसहित पुगेका वडा अध्यक्ष मर्सानीले सटर भाडा नतिर्ने व्यवसायीहरुको फाइल महानगरमा भएको प्रतिक्रिया दिएका हुुन् ।
‘भवन भाडामा लगाउन हामी आउँन भन्दा अगाडीबाट नै सुुरु भएको हो’ उनले भने ‘३ वर्षदेखिको ३ करोड बढी भाडा उठाउन बाँकी छ । फाइल महानगरमा छ । भवन भत्किएको भाडा तिर्न पर्दैन भन्ने हुदैन राज्यलाई तिर्न पर्ने राजश्व हामी उठाउँछौं ।’
यस भवनमा सञ्चालित पसलहरुको भाडासमेत वर्षाैदेखि महानगरपालिकाले पाएको छैन । जसलाई ठेक्कामा दिएको हो, ऊ पनि महानगरपालिको सम्पर्कमा नभएको बताइएको छ ।
पोखरा महानगरपालिकाले आफ्नै स्वामित्वको जग्गाका घर तथा पसल भत्काउन बिहिबारबाट सुुरु गरेको हो । चोकलाई फराकिलो बनाउने उद्देश्यसहित महेन्द्रपुलस्थित सटरमा महानगरले डोजर लगाएको हो ।
त्यहाँको सटरमा पसल तथा कार्यालय चलाइरहेकाहरुलाई महानगरपालिकाले भदौ २२ गतेसम्मलाई सामान खाली गर्न ३५ दिने म्याद दिएको थियो ।
मेयर धनराज आचार्य, पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र नगरप्रहरीसहित गएको डोजरले घर तथा पसल भत्काउन सुरु गरेको हो । महेन्द्रपुलस्थित उक्त जग्गामा पोखरा सार्वजनिक पुस्तकालय, पोखरा आर्ट ग्यालरी र व्यक्तिका पसलहरु छन् ।
चाड नजिकिएसँगै डोजर लगाएकोमा व्यवसायीको आपत्ति
पोखरा महागनरपालिकाले महेन्द्रपुलस्थित आर्ट ग्यालरी र पुस्तकालय भवनमा डोजर लगाउँदा व्यवसायीहरुले भने आपत्ति जनाएका छन् ।
व्यवसायी सुशान्त तामाङका अनुसार दशैं तिहार जस्तो चाडपर्वमा केही होला भनेर गरेको लगानीमाथि महानगरले अन्याय गरेको छ ।
तर महानगरले गरेको कार्यको प्रशंसा गर्दै एक व्यवसायीले भने सुन्दर शहर बनाउन र हेर्न मन छ भन्दै महानगरको कदमलाई साथ दिएका छन् ।
पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदका प्रत्यासी पवन कुमार प्रजापतिले महानगरले भवनमा डोजर चलाएकोमा आपत्ति जनाउँदै फेसबुकमा विरोध जनाएका छन् ।
उनले लेखेका छन् ‘दशैको मुखमा महेन्द्रपुलका व्यवसायीलाई उठिबास पार्नु आपत्तीजनक हो ।’ कोरोना र नाकाबन्दी र आन्तरिक समस्याले थिलोथिलो पारेको व्यवसायीहरुलाई आहात पुग्ने गरी २७ वटा सटरमा व्यवसायीलाई विस्थापित गर्ने सरकारी कदमको विरोध जनाएका हुन् ।
पोखरा महानगरले भने भवन भत्काएर सार्वजनिक शौचालय र पार्क बनाउने योजना अगाडी सारेको छ ।
पोखरा: नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बदल्ने निर्णय गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार कृष्ण थाप...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की–१ मा खड्कराज पौडेल (गणेश) र चुनाव लड्ने भएका छन् । बालेन्द्र साह हुँदै रास्वपा प्रवेश गरेका उनी अहिले केन्द्रीय सदस्य हुन् । टिकट पाएसँगै पौडेलले आफ्नो उम्म...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म ३३ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । बाँकी निर्वाचन क्षेत्रमा आज उम्मेदवारको घोषणा गरिने पार्टीका...

