नेप्से परिसूचकको ओरालो यात्रा जारी, कारोबार रकम अर्ब पनि पुगेन

काठमाडाैं | भदौ २०, २०७९

नेप्से परिसूचकको ओरालो यात्रा जारी, कारोबार रकम अर्ब पनि पुगेन

 

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक चार दशमलव २९ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७३ दशमलव शून्य एकमा पुगेको छ । 

 

    यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८२ अङ्कले ओरालो लागेर तीन सय ८२ दशमलव ९५ मा ओर्लेको छ । कूल दुई सय २४ कम्पनीको २४ लाख ४४ हजार तीन हजार ४४ कित्ता शेयर रु ९० करोड ९९ लाख चार हजार सात सय ५१ बराबर मूल्यमा खरिद बिक्री भएको छ । 

 

    नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको मात्रै शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । उत्पादन एक दशमलव ८७ र लघुवित्त दुई दशमलब पाँच अङ्कले उकालो लागेको छ ।

 

    बैंकिङ एक दशमलव ३९, व्यापार आठ, होटल तथा पर्यटन आठ दशमलव शून्य पाँच, विकास बैंक १० दशमलव ८३, जलविद्युत् छ दशमलव एक, वित्त नौ दशमलव ८८, निर्जीवन बीमा चार दशमलव ३७, अन्य १५ दशमलव २१, जीवन बीमा पाँच दशमलव शून्य छ, सामूहिक लगानी कोष शून्य दशमलव १३ र लगानी शून्य दशमलव ३२ अङ्कले ओरालो लागेको छ ।

 

    सोमबारको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब ३० अर्ब छ करोड ५५ लाख ७८ हजार तीन सय ७७ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड ९६ लाख ९४ हजार सात सय २१ बराबरको कारोबार भयो ।

 

    यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स रु चार करोड ५९ लाख ७८ हजार छ सय ६४, नवील बैंक रु चार करोड ५६ लाख ५५ हजार पाँचसय ८६, नेष्डो समृद्धि लघुवित्त रु दुई करोड ८५ लाख सात हजार पाँच सय ५१ र नेपाल दूरसञ्चार कम्पनी रु दुई करोड २३ लाख १७ हजार चार सय ६६ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

 

    मैलुङ खोला जलविद्युत् कम्पनी सात दशमलव ४३, हिमालयन एभरेष्ट इन्स्योरेन्स तीन दशमलव ९३, रिडी हाइड्रोपावर तीन दशमलव २३, अप्पर सोलु खोला हाइड्रो दुई दशमलव ९२ र ग्रीन भेञ्चर्स लिमिटेडका लगानीकर्ताले दुई दशमलव ८७ प्रतिशतले कमाएका छन् । त्यस्तै रुरु जलविद्युत् परियोजना छ दशमलव ५५, आशा लघुवित्त तीन दशमलव ६६, जोशी हाइड्रोपावर तीन दशमलव शून्य चार, एनएमबी आइब्रिड फण्ड एक दुई दशमलव ७७ र ओरियन्टल होटलका लगानीकर्ताले दुई दशमलव ७४ प्रतिशतले गुमाएका छन् । 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्