सिँचाइ र ऊर्जाका लागि तेत्तीस करोडको योजना
काठमाडाैं | भदौ २०, २०७९
नुवाकोट । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटले चालु आर्थिक वर्षमा नुवाकोटमा एक सय ४० वटा योजना सञ्चालन गर्ने भएको छ ।बागमती प्रदेश र सङ्घीय सरकारमार्फत हालसम्म एक सय ४० योजनाका लागि रु ३२ करोड ७९ लाख बजेट प्राप्त भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटका डिभिजन प्रमुख हरिप्रसाद गुरागाइले जानकारी दिनुभयो ।
उहाँका अनुसार चालु आर्थिक वर्षका लागि हालसम्म प्रदेश सरकारमार्फत एक सय आठ योजनाका लागि रु २६ करोड ३९ लाख र सङ्घीय सरकारमार्फत ३२ योजनाका लागि रु छ करोड ४६ लाख बजेट प्राप्त भएको हो ।
“अघिल्ला आर्थिक वर्षका कार्यक्रमलाई निरन्तरतासहित चालु आर्थिक वर्षमा केही कार्यक्रम थप भएर आएका छन्”, डिभिजन प्रमुख गुरागाइले भन्नुभयो, “अझै करिब एक दर्जन योजना थप गराउने प्रयासअन्तर्गत पाइपलाइनमा रहेकाले एक सय ५० भन्दाबढी योजना नुवाकोटमा कार्यान्वयन गर्नेछौँ।”

प्राप्त योजनाअन्तर्गत प्रदेश सरकारमार्फत नदी तथा खोलाले कटान गरेका स्थानमा नियन्त्रणका लागि २२ योजनालाई रु छ करोड ५० लाख, सिँचाइ प्रणालीको निर्माण तथा मर्मतका लागि ६२ योजनालाई रु १८ करोड ४५ लाख रहेको छ ।
नवीकरणीय ऊर्जा कार्यक्रमअन्तर्गत विपन्न वर्गलक्षित समुदायका लागि अनुदानमा सौर्य ऊर्जा वितरण गर्न रु २५ लाख, ग्रामीण विद्युतीकरणका लागि रु ४० लाख, विद्युतीय प्रणालीको सुदृढीकरणअन्तर्गत जीर्ण बनेका काठका खम्बा विस्थापित गरेर कङ्क्रिट वा फलामका खम्बा राख्न रु ३० लाख र परामर्श सेवातर्फ २० वटा सिँचाइ योजना पहिचानका लागि रु १० हजारका दरले रु दुई लाख एवं चार वटा योजनाको विस्तृत सर्वेक्षण गर्न रु तीन लाखका दरले रु १२ लाखसहित रु १४ लाख प्राप्त भएको छ ।
यसैगरी शसर्त अनुदानअन्तर्गत सङ्घीय सरकारमार्फत सिँचाइ मर्मतसम्भारको लागि रु ४० लाख र नदी नियन्त्रणका लागि छ वटा योजनाका लागि रु एक करोड प्राप्त भएको छ ।
सौर्य ऊर्जाबाट पानी तान्नका लागि एकीकृत ऊर्जा तथा सिँचाइ विशेष कार्यक्रम यसअघि सङ्घीय कार्यालयअन्तर्गत सञ्चालन हुने गरेकामा यो वर्ष डिभिजनको जिम्मेवारीमा आएको छ । उक्त कार्यक्रम कार्यविधि प्राप्त हुन बाँकी रहेको छ भने रु ७९ लाख बजेट प्राप्त भएको डिभिजन प्रमुख गुरागाईंले जानकारी दिनुभयो ।
उहाँका अनुसार सङ्घीय सरकारमार्फत आएका अन्य योजना तथा कार्यक्रम नयाँ प्रविधिमा आधारित नदी नियन्त्रण कार्यक्रमका लागि सात वटाका लागि रु ८७ लाख, नौ वटा मझौला सिँचाइ आयोजनाका लागि रु तीन करोड ३० लाखसमेत गरेर कूल रु छ करोड ४० लाख बजेट प्राप्त भएको छ ।
गत आवमा डिभिजनमार्फत करिब एकसय योजना सम्पादनका लागि रु २२ करोड हाराहारीको खर्च भएकामा यो वर्ष अहिले नै ४० वटा योजना र रु १० करोड बजेट थप आएको हो ।
बागमती प्रदेशअन्तर्गत रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले नुवाकोटमा सिँचाइ कुलोको सर्वेक्षण, निर्माण तथा मर्मतसम्भार, नदी तथा खोलाको कटान नियन्त्रण, जोखिममा परेका बस्ती तथा सामुदायिक संरचनाको संरक्षण, नवीकरणीय ऊर्जा, ग्रामीण विद्युतीकरण र ऊर्जाका पुनःप्रयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

