बाबु छोरीको कार दुर्घटनामा मृत्यु पछि फरार मल्ल पक्राउ, पोखरामा सार्वजनिक गरिँदै

काठमाडाैं | बैशाख २१, २०७९

बाबु छोरीको कार दुर्घटनामा मृत्यु पछि फरार मल्ल पक्राउ,  पोखरामा सार्वजनिक गरिँदै

पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा आइतबार भएको दुर्घटनापछि फरार रहेका कार चालक एन्जिल बम मल्ललाई काठमाण्डौंमा पक्राउ गरी पोखरा ल्याइएको छ । 

 

हाल मल्ललाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ । प्रहरीका अनुसार मल्लले चलाएको ग ३ च ३५२५ नम्बरको कारले  ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कुश्मा नगरपालिका ४ पर्वतका ४५ वर्षिय जित बहादुर पुन र छोरी १८ वर्षिया सुजिना पुनको मृत्यु भएको हो । 

 

घटनापछि फरार मल्लको खोजीमा जुटेको प्रहरीले उनको फोटो सार्वजनिक गर्दै सहयोगको अपीलसमेत गरेको थियो । 

 

प्रहरी सुत्रले दिएको जानकारी अनुसार आजै मल्ललाई पत्रकारसमक्ष सार्वजनिक गर्ने सम्भावना छ । 

फिफा विश्वकप- २०५८ को फाइनलमा ब्राजिलका महान् फुटबल खेलाडी पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री भएको छ।    अमेरिकाको न्युयोर्कमा आयोजित सोथेबीजको लिलामीमा ४९ लाख अमेरिकी डलरमा ज...

थप पढ्नुहोस्

नेपालमा पहिलो पटक आयोजना हुन लागेको नेपाल भलिबल लिग (एनभिएल) को लागि  ६ मार्की खेलाडी चयन गरिएको छ।    अन्नपूर्ण स्पाइकर किंग्सका मार्की हिमाल सुनारी, कर्णाली शिवराजको पहल गहतराज, काठ...

थप पढ्नुहोस्

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

थप पढ्नुहोस्