अन्नपूर्णमा मतदाताले गरे कांग्रेस उम्मेदवार कुँवरको प्रशंसा’
कास्की | बैशाख २०, २०७९
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिकामा अध्यक्षको उम्मेदवारी दिएका युवराज कुँवरसहित काँग्रेसका उम्मेदवारहरु घरदैलोको क्रममा छन् । घरदैलोमा पुग्दा यसअगाडी कुँवर नेतृत्वमा रहँदा गाउँपालिकाले गरेका कामहरुको प्रशंसा मतदाताहरुले गरेका छन् ।
अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा कुँवरको नेतृत्वले राम्रो काम गरेकोले यसपालि पनि पुनः कुँवरलाई नै अध्यक्षको रुपमा निर्वाचित गराउने मतदाताहरुले बताएका छन् । घरदैलो अभियानकै क्रममा मंगलबार नेपाली काँग्रेसको उम्मदेवारको टोली गाउँपालिकाको झिनु, तौली र छोम्रोङ लगाएतको स्थानमा पुगेको थियो ।
‘हामीले काम गर्दा कहिल्यै जनतालाई धोका हुने गरि काम गरेनौँ । र, त्यसैले यहाँका जनताको साथ र समर्थन मेरो अनि काँग्रेसको नेतृत्वप्रति कायम रहन सकेको हो ।’ अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष उम्मेदवार युवराज कुँवरले भने–‘यो क्षेत्रको विकास र सम्बृद्धि नै आगामी दिनमा पनि हाम्रो कार्ययोजना हो ।’
गाउँपालिकाको अध्यक्षमा युवराज कुँवर र उपाध्यक्षमा खेमकुमारी गुरुङ नेपाली काँग्रेसको तर्फबाट प्रत्यासी छन् । त्यस्तै वडाअध्यक्ष उम्मेदवार ललित गुरुङसँगै वडा सदस्य उम्मेदवारहरु तारादेवी पौडेल, मनमाया बिक, गोपाल आले, मिलन गुरुङ लगाएत अहिले सो क्षेत्रको घरदैलोमा सहभागी छन् ।
घरदैलो कार्यक्रममा प्रचारप्रसार समितिका सँयोजक मनपति भण्डारी, महासमिति सदस्य आइबहादुर गुरुङ, दीपक गुरुङ, क्षेत्रीय सभापति मनोज गुरुङ, महाधिवेशन प्रतिनीधि पोषनाथ शर्मा, लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचन, नेपाली काँग्रेस अन्नपूर्ण ११ का सभापति विशाल गुरुङ, उपसभापति हितमान गुरुङ लगाएत सहभागी थिए ।
अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा हाल १ हजार ८ सय ४० मतदाता रहेका छन् ।
व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ । प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ । मञ्चले आईतबार ए...
पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ । गण्डकी प्रद...

