माओवादी केन्द्र मादीका उपाध्यक्ष एमाले प्रवेश
कास्की | बैशाख २०, २०७९
पोखरा: कास्कीको मादी गाउँपालिका नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष रुद्र रानाभाट नेकपा (एमाले) मा प्रवेश गरेका छन् । मादी १० भाचोकमा मंगलबार आयोजित कार्यक्रममा मादी ३ निवासी रानाभाट एमालेमा प्रवेश गरेको एमाले मादी सचिव सुवास सापकोटाले जानकारी दिएका हुन् ।
उपाध्यक्ष रुद्रसँगै माओवादी मादी गाउँपालिका कमिटी सदस्य सोमबहादुर रानाभाट पनि एमाले प्रवेश गरेका छन् । माओवादीकै मादी वडा १० कमिटी अध्यक्ष रामराज पौडेलले पनि एमाले रोजेका छन् । त्यस्तै कांग्रेस मादी १० का इकाइ सहसचिव कृष्णबहादुर खत्री, कांग्रेसकै निमप्रसाद परियार, अमृत भुजेल, रोशन नेपाली र विशाल नेपाली पनि एमाले प्रवेश गरेका छन् ।
नवप्रवेशीलाई एमाले स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारी, मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र), उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङलगायत पालिकाका एमाले नेताले स्वागत गरेका थिए ।
एमाले प्रवेश गरेपछि बोल्दै उपाध्यक्ष रानाभाटले कास्कीमा अब माओवादी केन्द्रको भविष्य नरहेको बताए । ‘देशमा भन्दिनँ, कास्की र मादी गाउँपालिकामा अब माओवादी केन्द्रको भविष्य छैन ।’ उनले थपे, ‘५ दलीय गठबन्धनको पनि भविष्य छैन, मलाई राम्रो ठाउँ रोजेको भनेर धेरै शुभकामना आइरहेको छ ।’
उनले एमालेसँग एक्लै लड्न नसकेर ५ दलले गठबन्धन गरको सुनाए । ‘माओवादी खोला हो । लक्ष्यमा पुग्न नदीमा पुग्नुपर्छ । एमाले नदी हो ।’ उनले भने, ‘अबको माग नेकपा एमाले हो । एक्लै एमालेसँग लड्न नसक्ने भएर गठबन्धन गर्न सकेका छैनन्, आफ्नो पार्टीको अस्तित्व राख्न नसकेपछि किन बस्नु ?’
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय...
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...
पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

