पावरहाउसबाट लागुऔषधसहित ४ जना पक्राउ
पाेखरा | भदौ १५, २०७९
कास्की: जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालय गगनगौँडाको प्रहरी टोलीले लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका १९ लामाचौर बस्ने २२ वर्षिय अजय जिसी, अन्नपूर्ण गाउँपालिका ११ स्थायी घर भई हाल पोखरा १६ दीप बस्ने २९ वर्षिय मिलन गुरुङ, पोखरा १६ दीप बस्ने ४० वर्षिय सन्तोष गुरुङ र गोरखाको भिमसेनथापा गाउँपालिका ३ स्थायी घर भई हाल चितवनको रत्ननगर नगरपालिका १३ माधबपुर बस्ने २५ वर्षिय समिर कोईराला रहेका छन् ।
उनीहरुको साथबाट नुर्फिन १ सय ७०, डाईजापाम १ सय ७०, फेनरागन १ सय ७० गरि कुल ५ सय १० एम्पुल लागुऔषध बरामद गरेको कास्की प्रहरीका निमित्त प्रवक्ता तथा प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काले जानकारी दिए । उनका अनुसार पोखरा ३० स्थित पावरहाउस चोकमा सवारी चेकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गरेको बसमा लागुऔषध भेटिएको थियो ।
लागुऔषधसहित पक्राउ परेका उनीहरुलाई लागुऔषध मुद्दामा १० दिन म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

