एकै परिवारका दाजु, भाइ र बहिनीबीच चुनावी प्रतिस्पर्धा

काठमाडाैं | बैशाख २०, २०७९

एकै परिवारका दाजु, भाइ र बहिनीबीच चुनावी प्रतिस्पर्धा

नुवाकोट, वैशाख २० गते । स्थानीय तह सदस्य निर्वाचनमा विदुर नगरपालिका–८ मा एकै परिवारका तीन सदस्यबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतिस्पर्धीहरू एकै आमाबुवाका तीन सन्तान हुन् भने उनीहरूले प्रतिनिधित्व गर्ने पार्टी भने फरकफरक रहेको छ ।

 

वडामा प्रतिस्पर्धा गर्न लागेका सहोदर दाजु, भाइ र बहिनीमा नेकपा एमालेका तर्फबाट खुला सदस्यमा सम्मरबहादुर रिमाल, गठबन्धनका तर्फबाट नेपाली काँग्रेसबाट महिला सदस्यमा देवकुमारी खड्का र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुला सदस्यमा ईश्वरबहादुर रिमाल हुनुहुन्छ ।

 

आमाबुवाका पाँच सन्तानमध्ये सम्मर जेठा र ईश्वर माइला हुनहुहुन्छ भने विवाहित देवकुमारी एक्ली छोरी हुनुहुन्छ । एकै परिवारका फरकफरक पार्टीबाट चुनावमा वडामै मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । दुई निर्वाचन केन्द्र रहेको विदुर नगरपालिका–८ मा तीन हजार ३३८ मतदाता रहेका छन् ।

गाेरखापत्रबाट साभार

काठमाडौं।     प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ ।   प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको  सबैलाई धन्यवाद द...

थप पढ्नुहोस्

गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ ।    उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२०  मतान्तरले पछाडी पार्दै ...

थप पढ्नुहोस्

काठमाडौं:  देशका केही भू-भागमा आज  मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

थप पढ्नुहोस्