नसामा लठ्ठिएर एसएसबीका जवानले दशगजामा गोली चलाए
विराटनगर | बैशाख १९, २०७९
विराटनगर: नेपाल–भारतको सीमाक्षेत्र विराटनगर–१८ इस्लामपुरमा भारतीय सुरक्षाकर्मीले हवाई फायर गर्दा स्थानीयवा त्रसित भएका छन् ।
स्थानीयले दिएको जानकारीअनुसार सीमा सुरक्षामा खटिएका भारतीय एसएसबी टोलीका एक जना जवानले तीन राउण्ड हवाई फायर गरेका हुन् । सोमबार २ बजे ड्युटीमा खटिएका जवानले दुई राउण्ड जमिनतर्फ र एक राउन्ड आकाशमा फायर गरेको विराटनगर १८ इस्लामपुरका स्थानीय सुरज मण्डलले जानकारी दिनुभयो ।
स्थानीयका अनुसार ड्युटीमा खटिएका एसएसबीका जवान मदिरा सेवन गरी लठ्ठिएको पाइएको थियो । ‘होहल्ला गरेपछि स्थानीयले एसएसबीको टोलीलाई घेराउ गरेका थिए । स्थानीयको भीड बढेपछि आफ्नो सुरक्षाको लागि भन्दै हवाई फायर गरेको हुनसक्छ,’ सीमा क्षेत्रमा खटिएका एक सुरक्षाकर्मीले भन्नुभयो । हवाई फायरबाट कुनै मानवीय क्षति भने भएको छैन ।
मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले दशगजा क्षेत्रमा गोली चलेको पुष्टि गर्नुभयो । ‘गोली चलेको नेपालतिर होइन भारतीय क्षेत्रमा हो,’ एसपी कोइरालाले भन्नुभयो, ‘के विषयमा चलेको रहेको छ । हामीले पनि बुझने काम गरिरहेका छौँ ।’ अहिले गोली चलेको ठाउँमा स्थानीयको भीड लागेको छ ।
गाेरखापत्रबाट साभार
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

