सिजनमै घट्यो पोखरामा पर्यटककाे संख्या

मध्यपूर्व तनाव मुख्य कारण

पाेखरा | चैत १०, २०८२

सिजनमै घट्यो पोखरामा पर्यटककाे संख्या

मध्यपूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा पोखरामा दोस्रो मुख्य पर्यटकीय सिजनमा पनि पर्यटकको आगमन घटेको छ।

 

अमेरिका–इजरायल र इरानबिच बढ्दो तनावले मुख्य ट्रान्जिट हब जस्ता दुबई, कतार र साउदी अरेबियामा असर पुर्‍याउँदा युरोप र अमेरिकाबाट आउने पर्यटकहरू नेपाल पुग्न सकिरहेका छैनन्।

 

पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराईका अनुसार युरोप र अमेरिकाबाट आउने पर्यटक आउन नसक्दा होटल, ट्राभल र ट्रेकिङ बुकिङहरू धमाधम रद्द हुँदै छन्। युद्ध लम्बिँदा व्यवसायीहरू समेत समस्यामा परिरहेका छन्। मध्यपूर्वमा बढेको तनावले नेपालको पर्यटन क्षेत्र प्रभावित भएको छ।

 

होटल एशोसिएशन पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले अन्नपूर्ण पदयात्राको दोस्रो ठुलो सिजनमा अपेक्षाकृत पर्यटकको संख्या कम भएको बताए ।  उनले भने “अमेरिकाले अत्यावश्यक काम बाहेक नागरिकलाई विदेश ननिस्कन एड्भाइजरी जारी गरेको कारण अमेरिकी पर्यटक न्यून छन्। युरोपियन पर्यटक पनि अपेक्षाकृत कम सङ्ख्यामा आउँदैछन्। यद्यपि भारतीय र आन्तरिक पर्यटकको आगमन सामान्य छ।”

 

 

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ।   संघीय उड्डयन प्रशासन (एफएए) ले...

थप पढ्नुहोस्

म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ।   वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्‍यो।   दोस्रो हाफको सुरुवाती चार म...

थप पढ्नुहोस्

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्