फेवातालमा कार खस्याे, स्याङ्जाका गुरुङको मृत्यु
पाेखरा | फागुन २, २०८२
पोखराको फेवातालमा कार खस्दा एक युवकको मृत्यु भएको छ।
शनिबार बिहान पोखरा महानगरपालिका–६ पामेस्थित गैराकोचौतरा नजिकै कार अनियन्त्रित भई तालमा खस्दा चालकको ज्यान गएको हो।
मृत्यु हुनेमा स्याङ्जाको फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्ने २४ वर्षीय अदित गुरुङ रहेका छन्।
बिहान २ बजेर १० मिनेटमा बिएए १५८२ नम्बरको कार अचानक अनियन्त्रित भई फेवातालमा खसेको थियो। घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) वसन्तबहादुर सिंहको कमान्डमा २१ जनाको गोताखोरसहितको टोली घटनास्थल पुगेको थियो।
सशस्त्रको गोताखोर टोलीले गुरुङलाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज (जिएमसी) पठाएको थियो। उपचारका क्रममा बिहान ४ बजेर ३४ मिनेट जाँदा डाक्टरले उनलाई मृत घोषणा गरेका हुन्।

पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

