बादल हत्याकाण्डका दोषी रविन केसी लेकसाइडबाट पक्राउ

पाेखरा | माघ २९, २०८२

बादल हत्याकाण्डका दोषी रविन केसी लेकसाइडबाट पक्राउ

पोखरा:   कास्की प्रहरीले रामजी पौडेल (बादल) हत्याकाण्डका दोषी रविन केसीलाई पक्राउ गरेको छ ।

 

बुधबार साँझ लेकसाईडबाट केसीलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

 

उनका अनुसार दोषी केसीलाई आज अदालतमा पेश गरिने छ ।

 

२०७२ साउन २८ गते राति कास्कीको साविक लेखनाथ नगरपालिकाको गगनगौँडामा नेपाली कांग्रेसका कार्यकर्ताबीचको आन्तरिक विवादमा रामजी पौडेल (बादल) को हत्या भएको थियो ।

 

सर्वोच्च अदालतले बादल हत्यामा पक्राउ परेका केसी सहित ४ जनालाई मुख्य अभियुक्त ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो ।

 

केसीसहित प्रकाश गुरुङ, विश्वास गौतम, राजु रानाभाट र लाई ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैदको सजाय हुने ठहर गरेको हो ।

 

सर्वोच्चले आफ्नो ठहरमा ‘योजनाबद्ध र संगठित रुपमा हत्या गरिएको’ र ‘संवेदनशील अंगमा प्रहार गरी शव लुकाउन खोजिएको’ उल्लेख गरेको छ ।

 

न्यायाधीशद्वय डा. कुमार चुडाल र नृपध्वज निरौलाको संयुक्त इजलासले १७ चैत २०८१ मा गरेको फैसलाको पूर्णपाठ अहिले सार्वजनिक गर्दै उच्च अदालत पोखराको फैसला आंशिक उल्ट्याएको हो ।

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ ।   बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतिय...

थप पढ्नुहोस्

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई  प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ ।   अख्तियार द...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा प्रिक्वाटरफाइनलका खेल सकिएका छन् ।   बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्र...

थप पढ्नुहोस्