सुकुम्बासी समस्या समाधानका लागि नेकपाको नेतृत्व आवश्यक: उम्मेदवार थापा

पाेखरा | माघ १८, २०८२

सुकुम्बासी समस्या समाधानका लागि नेकपाको नेतृत्व आवश्यक: उम्मेदवार थापा

पोखरा:   कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् ।

 

अखिल नेपाल सुकुम्बासी संघ जिल्ला समिति कास्कीले आज आयोजना गरेको उम्मेदवारहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले शहर सबै वर्गको साझा भएको बताउँदै भने,‘गरीब, मध्यम वर्ग र श्रमजीवी जनताको अधिकार सुरक्षित नगरी समृद्ध शहरको कल्पना गर्न सकिन्न । त्यसको नेतृत्व नेकपाबाहेकबाट सम्भव छैन ।’

 

उम्मेदवार थापाले संकटका बेला ठूला वर्ग भाग्ने र त्यसको सामना गरीब तथा मध्यम वर्गले भोग्नुपर्ने वर्तमान अवस्था रहेको बताए । यो शहर ठूला वडाको मात्र हो ? भन्ने प्रश्न उठ्न थालेको छ, उनले भने,‘संकट पर्दा हेलिकोप्टर चढेर भाग्ने होइन, समाधानको उपाय खोज्ने हो । त्यस्तो अवस्थामा पन ियहाँ बस्ने श्रमजीवी जनताले नै शहर जोगाउँदै आएका छन् ।’

 

मकै पोल्ने, स्वरोजगारमा संलग्न मजदुरदेखि फुटपाथ व्यवसायीसमेतलाई राज्यले यातना दिइरहेको भन्दै उनले सबैले श्रम गरेर बाँच्न पाउने वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको बताए ।

 

अव्यवस्थित बसोबासीको नाममा जथाभावी डोजर चलाइएकोप्रति आपत्ति जनाउँदै उनले वर्गीय मुद्दाबाट कम्युनिष्ट पार्टी कहिल्यै विचलित नहुने प्रतिबद्दता व्यक्त गरे ।

 

‘यो शहर ठूला व्यापारी र घरानीयाको मात्र होइन, फुटपाथे व्यापारीको पनि हो । झुपडीमा बस्नेहरूको पनि यही शहर हो, उनले थपे, ‘भूमि आयोगले दिएको निस्साको आधारमा सुकुम्बासीलाई जमिनको मालिक बनाइनेछ । कोही पनि नागरिक भूमि र आवासको अधिकारबाट बञ्चित हुनुहुँदैन ।’जनयुद्धका क्रममा लागेको गोलीका छर्रा छातीमा बोकेर हिँडेको उल्लेख गर्दै थापाले आफ्नो जीवन जनतालाई समर्पित भएको बताए । भने,‘यो नाफाका लागि होइन, संघर्षका लागि समर्पित जीवन हो ।’

 

कार्यक्रममा नेकपा गण्डकी प्रदेशका इन्चार्ज श्रीनाथ बरालले देशलाई समाजवादतर्फ लैजाने क्षमता नेकपासँग मात्र रहेको बताए ।

 

विगतका कमजोरी सच्याउँदै अघि बढ्न आफूहरू प्रतिबद्ध रहेको बताउँदै उनले लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मूलधार नेकपा भएको उल्लेख गरे ।

 

उनले कृषि क्रान्तिको आवश्यकता औँल्याउँदै मुलुकलाई कृषिजन्य उत्पादन निर्यात गर्ने अवस्थामा पु¥याएर जनताको जीवन बदल्न सकिने बताए । तर त्यसका लागि नेकपाको नेतृत्व आवश्यक रहेको उनको भनाई थियो ।

 

त्यस्तै, नेकपा कास्कीका इन्चार्ज नेत्रनाथ अधिकारीले सुकुम्बासीहरूले हाल प्राप्त गरेको निस्साका आधारमा लालपूर्जा वितरण गर्ने जिम्मेवारी नेकपाले लिने बताए । त्यसका लागि आगामी निर्वाचनमा नेकपाको जित सुनिश्चित गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

 

कार्यक्रममा सहभागी वक्ताहरूले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको दीर्घकालीन समाधान, वर्गीय समानता र सामाजिक न्यायको पक्षमा नेकपाको नेतृत्व आवश्यक रहेकोमा जोड दिएका थिए ।

 

सोमबार अन्नपूर्णमा नेकपा

 

यसैबिच, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा वामपन्थी आन्दोलनका अनुभवी नेता गोपाल गिरी यतिवेला चुनावी प्रचार प्रसारमा व्यस्त भएका छन् ।  

 

‘जेन्जी’ युवाहरूको भावना अनुसार काम गर्ने, जातीय विभेद अन्त्य गर्ने, भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने लगायतका प्रतिबद्धता लियर उनी जनताको घर दैलोमा व्यस्त भएका हुन् ।

 

उनको भोलि कास्कीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा चुनावी प्रचार प्रसार तथा जनतासंग भेटघाट कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।

 

कास्कीको पर्यटकीय क्षेत्र सहित विश्वकै चर्चीत पदमार्गहरु रहेको अन्नपूर्ण क्षेत्रका जनताको मर्म र भावना बुझ्दै उहाँहरुको जीवनस्तर र आर्थिक विकास र समृद्धिको लागि पर्यटनलाई विकासको मुल आधार बनाउनु पर्नेमा उनको दृढ इच्छा शक्ति रहेको छ ।

काठमाडौँ:  रास्वपाबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) काे चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।   ग्रान्डी अस्पतालका अनु...

थप पढ्नुहोस्

पोखरा:   २५औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता यही माघ २७ गदेखि सुरु हुने भएको छ ।   मोफसलको प्रतिष्ठित सहारा क्लबले आयोजना गर्ने २५ औं संस्करणको प्रतियोगिताको तिब्र पारिएको प...

थप पढ्नुहोस्

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।   यसदिन सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो।   मूल्य घटेसँगै एक तोला सुनको भाउ ३ लाखमा झरेको छ। अघिल्लो साता...

थप पढ्नुहोस्