पोखरामा नेश्नल अटोक्रस च्याम्पियनसिप सुरु
पाेखरा | पुस ११, २०८२
पोखरा: पर्यटन राजधानी पोखराको पामेमा नेश्नल अटोक्रस च्याम्पियनसिप गरिएको छ । अटोमोवाइल एसोसिएसन गण्डकी, जियोन ओभरल्याण्ड र मोटरभर्स स्पोर्टस् क्लबको आयोजनामा ड्राइभ टुरिजम र सडक सुरक्षाको सचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त च्याम्पियनसिप गरिएको हो ।
च्याम्पियनसिपमा ४ महिला सहित ३६ जना कार राइडरहरूको उत्साहजनक सहभागिता रहेको थियो । मोटर स्पोर्टस्को प्रमुख विद्याका रुपमा रहेको अटोक्रस अन्तरगत सहभागीहरूले माटो, ग्राभेल वा पिच ट्र्याकमा टाइम–अट्याक शैलीमा सकेसम्म छिटो र सटिक रूपमा रेस पुरा गर्ने गर्दछन् । यसमा स्किल र स्ट्राटेजी निकै महत्त्वपूर्ण हुने बताइएको छ ।
यसअघि च्याम्पियनसिपको शुभारम्भ गर्दै नगर प्रमुख धनराज आचार्यले साहसिक खेल पर्यटनको प्रवर्द्धन र विकासमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
पोखरालाई पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा अझ मजबुत बनाउन निजी क्षेत्र, युवाहरू तथा पर्यटनसँग सम्बन्धित सङ्घ–संस्थाको सक्रिय सहभागिता अत्यावश्यक रहेको उहाँले बताउनुभयो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

