कांग्रेस: नियमित महाधिवेशन नभए स्वत: विशेष महाधिवेशन गर्न माग

काठमाडाैं | पुस ११, २०८२

कांग्रेस: नियमित महाधिवेशन नभए स्वत: विशेष महाधिवेशन गर्न माग तस्बिर फाइल

काठमाडौं: नेपाली कांग्रेस विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिले तोकिएको समयभित्र १५ औं नियमित महाधिवेशन नभए स्वतः विशेष महाधिवेशन गर्न माग गरेका छन् ।


विशेष महाधिवेशनका मागकर्ता महाधिवेशन प्रतिनिधिले शुक्रबार नेपाली कांग्रेसका कार्यवहाक सभापतिलाई विशेष महाधिवेशन आह्वान सन्दर्भमा स्मरणपत्र बुझाउँदै विधानले तोकेको समयसीमा तीन महिनाभित्र अर्थात् २०८२ पुस २८ भित्रै विशेष महाधिवेशन अनिवार्य रुपमा सम्पन्न गर्न ध्यानाकर्षण गराएका छन् ।


उनीहरुले बुझाएको स्मरणपत्रमा लेखिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले विधानको धारा १७ ९१० बमोजिम २०८२ मङ्सिरभित्र नै १५ औं महाधिवेशन गर्नुपर्छ । यदि यो सम्भव नभए, धारा १७ ९२० बमोजिम विशेष महाधिवेशन आह्वान गरी विषम परिस्थितिलाई समबोधन गर्न अनिवार्य छ । तसर्थ, विशेष महाधिवेशन सुनिश्चित गरियोस् । त्यसयता हामीले बारम्बार ध्यानाकर्षण गराउँदै आएका छौं कि, तोकिएको समयमा १५ औं महाधिवेशन नभए स्वतः विशेष महाधिवेशन हुनुपर्दछ ।’


उनीहरुले १५ औं महाधिवेशनको कार्यतालिका प्रथम दृष्टिमै अविश्वसनीय हुँदाहुदै केन्द्रीय कार्यसमिति आफैंले गर्न सक्छौं भनेपछि शंकाको सुविधासहित केही समय पर्खेर हेरिएको तर पार्टीको लामो केन्द्रीय कार्यसमिति बैठक तथा त्यसपछिका घटनाक्रमहरुले विधान बमोजिम तोकिएको समयभित्र १५ औं महाधिवेशन सम्पन्न गर्ने कुनै गम्भीर प्रयास देखिएको नपाइएको बताएका छन् । 


पत्रमा लेखिएको छ, ‘पार्टीको लामो केन्द्रीय कार्यसमिति बैठक तथा त्यसपछिका घटनाक्रमहरुले स्पष्ट पुष्टि गरिसकेका छन् कि विधान बमोजिम तोकिएको अवधिभित्र १५ औं महाधिवेशन सम्पन्न गर्ने कुनै गम्भीर प्रयास वा नियत भएको देखिएन, पाइएन ।’

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्