अंशबण्डामासमेत अत्यधिक कर वृद्धिपछि सरकारविरुद्ध धर्ना कस्दै अभियानकर्मी
पाेखरा | साउन २९, २०७९
पोखराः गण्डकी प्रदेश सरकारले यस आर्थिक वर्षमा अत्यधिक कर वृद्धि गरी नागरिकलाई शोषण गरेको भन्दै विरोधस्वरुप अभियानकर्मीहरुले भदौ १ गते विरोध कार्यक्रम आयोजना गरेका छन् ।
विभिन्न शीर्षकमा बढाइएको करले जनताको ढाड भाँच्ने काम भएको भन्दै अभियानकर्मी र नागरिक समाज सरकारको निर्णयविरुद्ध धर्ना बस्ने तयारी गरिरहेको छ । आगामी १ गते पोखराको शहीदचोकमा साढे १० बजे धर्ना बस्ने कार्यक्रम रहेको छ ।
धर्नाको आयोजना नागरिक समाज कास्की र वातावरण संरक्षणकालागि महाअभियान कास्कीले गरेको हो । धर्नाबारे जानकारी दिँदै अभियानकर्मी लोकदर्शन कोइरालाले आफ्नै सम्पत्ति बाँडफाँड गर्दापनि उच्च कर बुझाउनुपर्ने भन्दैै आक्रोश व्यक्त गरे ।
‘जनताबाट कर उठाएर सरकार मन्दिर निर्माण समिति, आमा समूहलाई पैसा दिँदैछ’ अभियानकर्मी कोइराला भन्छन् ‘त्यहाँबाट भोट आउँछ, नेता त्यतै पैसा बाँड्न लागिपर्छन् ।’ आफु र अभियानकर्मीहरु धर्म विरोधी नभएको भन्दै उनले गण्डकीमै गतिलो क्यान्सर, मुटु अस्पताल बनाउन आवश्यक भएको उल्लेख गरे ।
पछिल्लो बजेटमा सरकार बाउँ–बाजेको नाममा ट्रष्ट बनाएर रकम विनियाजन गर्ने घृणित खेलमा लागेकोप्रति नागरिक समाज र वातावरण अभियानकर्मीहरुको विरोध रहेको उनले सुनाए । ‘नेताहरु चुनाव र भोट केन्द्रित भए’ कोइरालाको गुनासो छ ।
यसैअनुरुप अभियानकर्मीहरुले भेला भई सरकारको विरोधस्वरुप धर्ना कस्ने तयारी गरेका हुन् । भदौ १ गते शहीदचोकमा आयोजना हुने धर्नामा आम पोखरेलीलगायत सम्पूर्णलाई सहभागी भई ऐक्यबद्धता जनाइदिन पनि उनले आग्रह गरका छन् ।
कोइरालाले भने ‘आउनुहोस्, सँगै बोलौ, विरोध गरौं, सरकार आफै मोटाउन बढाइएको करको विरोध गरौं ।’
पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

