गाँजासहित मिनिट्रक चालक पक्राउ

बारा | असोज ७, २०८२

गाँजासहित मिनिट्रक चालक पक्राउ

बारा: जीतपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगंजबाट अवैध लागूऔषध गाँजा करिब २ सय ३६ किलो ७ सय ५० ग्राम सहित मकवानपुर कैलाश गाउँपालिका–१० बस्ने ३८ वर्षीय रमेश रूम्बालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले मकवानपुरबाट वीरगंजतर्फ आउँदै गरेको बा.२ ख ९५६९ नम्बरको मिनिट्रक तलासी गर्दा छतमाथि सिलिङमा फल्स बटम बनाई त्रिपालले छोपी लुकाईछिपाई राखेको २८ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी मिनिट्रक चालक रमेशलाई पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्