किशोरको अपहरणपछि निर्मम हत्या

सिरहा | असोज ७, २०८२

किशोरको अपहरणपछि निर्मम हत्या सांकेतिक तस्वीर

सिरहा:  सिरहा जिल्लाको गोल बजार नगरपालिका–१३ स्थित भेल्हा डंगराहा गाउँमा एक किशोरको अपहरणपछि हत्या गरिएको दर्दनाक घटना सार्वजनिक भएको छ। १५ वर्षीय अभिषेक सिंहको शव मङ्गलवार बिहान गाउँकै आँपको बगैँचामा फेला परेको प्रहरीले जनाएको छ।


अभिषेक गत असोज ५ गते साँझ अचानक हराएका थिए। परिवारले रातभर खोजतलास गरे पनि उनको कुनै अत्तोपत्तो लागेन। तर भोलिपल्ट बिहान अभिषेककै इमो एपमार्फत आमालाई आएको एक सन्देशले घटनाले नयाँ मोड लिएको थियो। सन्देशमा लेखिएको थियो– “तपाईँको छोरा हाम्रो कब्जामा छ। पाँच करोड रुपैयाँ नदिए उसको ज्यान लिनेछौँ। प्रहरी वा अरू कसैलाई खबर गरे परिणाम घातक हुनेछ।” यस्तै किसिमका धम्कीपूर्ण सन्देशहरू लगातार आइरहेका थिए।


अपहरणकारीहरूले आफूहरू बिहारबाट भएको दाबी गर्दै पैसा नदिए हत्या गर्ने चेतावनी दिएका थिए। परिवार अत्यन्तै तनावमा परेपछि अन्ततः प्रहरीले सहयोग लिएको थियो। घटनाको अनुसन्धानमा खटिएको टोलीका अनुसार अभिषेकको शव स्थानीय आँप बगैँचामा भेटिएको हो। घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको फरेन्सिक टोली परिचालन गरिएको छ।


जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले घटनाको पुष्टि गर्दै अनुसन्धान तीव्र पारिएको जानकारी दिनुभयो। 


“हत्या गम्भीर प्रकृतिको देखिएको छ, अपराधीको पहिचान तथा पक्राउका लागि हामी सबै स्रोत परिचालन गरिरहेका छौं,” एसपी शर्माले भन्नुभयो। 


हालसम्म घटनामा संलग्न व्यक्तिको पहिचान खुल्न सकेको छैन। तर प्रारम्भिक अनुमान अनुसार अपहरणपछिको योजनाबद्ध हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ। स्थानीयवासी भने सो घटनापछि आक्रोशित र त्रसित छन्। बालकको निर्दोष हत्या र पाँच करोड फिरौतीको मागले गाउँमा सन्त्रास फैलिएको छ।

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

थप पढ्नुहोस्

काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

थप पढ्नुहोस्