झापामा एक व्यक्तिको हत्या

झापा | भदौ २६, २०८२

झापामा एक व्यक्तिको हत्या सांकेतिक तस्वीर

झापा:  झापामा एक व्यक्तिको हत्या भएको छ । मेचीनगर–७ गैरीगाउँका ५० वर्षीय नारायण ज्ञवालीले दुवागढीका ४० वर्षीय फौमोदिन मोहमदको बुधबार राति हत्या गरेका हुन् ।


प्रहरी नायव उपरीक्षक खड्काका अनुसार बुधबार राति घरमा ३७ वर्षीया श्रीमती सुजता ज्ञवालीसँग मोहमदले भेटेपछि ज्ञवालीले उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । मोहमदको हत्या गरेपछि ज्ञवालीले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।


इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी निरीक्षक राजकुमार कार्कीको नेतृत्वमा गएको टोलीले ज्ञवालीकी श्रीमती सुजातालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् ।    गुरुङ चलचित्...

थप पढ्नुहोस्

इटहरी:     गोलीसहितको पेस्तोल र केही परिमाणमा  लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...

थप पढ्नुहोस्

पोखरा:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्।   यसअन्तर्गत विहिब...

थप पढ्नुहोस्