एभरेष्ट महिला भलिबल लिग: ललितपुर क्विन्सको लगातार दोस्रो जित
धरान | भदौ २१, २०८२
पोखरा: साविक उपविजेता ललितपुर क्विन्सले वात्सल्या एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा लगातार दोस्रो जित हात पारेको छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको भ्याली डर्बी खेलमा ललितपरले काठमाडौं स्पाईकर्सलाई सोझो सेटमा हरायो । लगातार दुई खेल जित्दै ६ अंक जोडेको ललितपुर शीर्ष स्थानमा छ ।
ललितपुरले काठमाडौंलाई २५–१९, २५–२३, २५–२१ ले पराजित गरेको हो । ललितपुरले पहिलो खेलमा पनि मधेश युनाईटेडलाई सोझो सेटमा पराजित गरेको थियो ।
आजको दोस्रो खेल कर्णाली यशविस र लुम्बिनी लाभाजबिच हुनेछ । आजको तेस्रो तथा अन्तिम खेल पोखरा निन्जाज र मधेश युनाइटेडबिच हुनेछ
लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

