पोखरा जाल्पारोडका खाजाघरमा अनैतिक धन्दा, ४ जना पक्राउ, ११ महिलाको उद्धार
पाेखरा | भदौ १९, २०८२
पोखरा: पोखरा महानगरपालिका–८ जाल्पारोडस्थित रहेका खाजाघरमा अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जाल्पारोडस्थित रहेका विभिन्न खाजाघरहरुमा होहल्ला भई अनैतिक गतिविधि भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले टोलीले एक महिलासहित ४जनालाई मंगलबार पक्राउ गरेको हो ।
खाजाघरमा अनैतिक गतिविधिमा संलग्न भएको आरोपमा चितवन घर भई पोखरा–८ जाल्पारोड बस्ने २८ वर्षीय सुनिता तामाङ, तनहुँ व्यास नगरपालिका घर भई पोखरा ८ सृजनाचोक बस्ने १९ वर्षीय सुवास गुरुङ, बागलुङको जैमिनि नगरपालिका–८ घर भई पोखरा न्यूरोडबस्ने २१ वर्षीय सागर थापा मगर शंकर थापालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य,सुरक्षा,सुविधा र नैतिकता विरुद्धको कसूरमा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
यस्तै प्रहरीले जाल्पारोडमा रहेका खाजाघरबाट ११ जना महिलाहरुको उद्धार गरेर कोपिला नेपाल संस्थामा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

