नवनियुक्त आईजीपी चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न
काठमाडाैं | भदौ १९, २०८२
काठमाडौं: नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्र कुवेर खापुङलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
बिहीबार गृह मन्त्रालयमा एक समारोहकाबीच गृह सचिव गोकर्णमणि दुवाडीले उहाँलाई फुली लगाइदिनुभएको हो । यही भदौ १३ मा बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो ।
दर्ज्यानी चिन्ह लिँदै उहाँले सरकारले दिएको जिम्मेवारी निष्ठापूर्ण, अनुशासित र प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा उहाँले विभिन्न घटनाक्रममा ज्यान गुमाएका प्रहरी सङ्गठनका सदस्यहरूलाई श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घाइतेहरूको सहज जीवनयापनको कामना गर्नुभयो । आफ्नो कार्यकालमा नागरिकमा राज्यमाथिको विश्वास र भरोसा अभिवृद्धि गर्न सधैँ प्रयत्नरत रहने समेत बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपाल सरकार गृह मन्त्रालयले मलाई सुम्पिएको यो जिम्मेवारी मेरो निष्ठापूर्ण, अनुशासन, सेवा भाव र प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
यद्यपि हाल प्रचलित प्रहरी ऐन र नियमावलीअनुसार नवनियुक्त प्रहरी महानिरीक्षक खापुङ छोटो समयका लागि मात्र महानिरीक्षकमा रहनुहुनेछ । छलफलको क्रममा रहेको प्रहरी विधेयक पारित हुन नसके उहाँले २ महिना ७ दिन मात्र प्रहरीको कमान्ड समाल्नुहुनेछ ।
२०२७ मङ्सिर २३ मा तेह्रथुममा जन्मिनुभएका खापुङ २०५२ कार्तिक २७ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएको हो । यो अवधिमा उहाँले मोरङ, धरान, दरबारमार्ग, बागलुङलगायतका थुप्रै प्रहरी इकाईमा नेतृत्व गरिसक्नुभएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

