गण्डकी बोर्डिङ स्कुललाई तेस्रो इन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि
पाेखरा | भदौ १४, २०८२
पोखरा: पोखरा साङ्गीतिक कलाकार सङ्घ नेपालको आयोजनामा भएको तेस्रो संस्करणको इन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि गण्डकी बोर्डिङ स्कुलले जितेको छ ।
पोखरा सभागृह हलमा भदौ १३ र १४ गते दुई दिनसम्म भएको प्रतियोगितामा अब्बल बन्दै उपाधि चुमेको गण्डकीले नगद एक लाख सहित ट्रफी र प्रमाणपत्र हात पार्न सफल भयो । उत्कृष्ट भएको गण्डकीले वेस्ट भोकल, वेस्ट ड्रमर र बेस गिटारवादकको विधागत पुरस्कार समेत हात पार्न सफल भयो ।
प्रतियोगितामा प्रतिभा मावि ‘ए’ द्वितीय र डाइमन्ड बोर्डिङ स्कुल तृतीय बने । द्वितीय स्थान प्राप्त गरेको प्रतिभाले नगद ५० हजार र तृतीय हुने डायमन्डले नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र हात पारे । लिड गिटारवादक तर्फ कास्की मोडर्नाइज्ड विजेता बन्यो ।
उत्कृष्ट गायन गर्ने विद्यार्थीलाई पाँच हजार रुपैयाँ, ट्रफी, प्रमाणपत्र र एक वर्षको निःशुल्क इन्टरनेट सेवा प्रदान गरियो भने अन्य विधाका उत्कृष्टलाई जनही पाँच हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको सङ्घका सचिव अमित गुरुङले बताए।
‘शिक्षासँगै सङ्गीत’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितामा कुल १७ टिमको सहभागिता रहेको थियो । सहभागी बन्ने टिममा डायमन्ड बोर्डिङ स्कुल, कास्की मोर्डनाइज्ड स्कुलका दुई टिम, मदरल्याण्ड सेकेन्डरी स्कुल, ग्लोबल कलिजियट स्कुल, पोखरा एकेडेमी, गण्डकी बोर्डिङ स्कुल, प्रतिभा माविका दुई टिम, हिमालयन बोर्डिङ स्कुल, लाभिन्स रेसिडेन्सियल स्कुल, सगरमाथा मावि, न्यु ग्यालेक्सी मावि, कालिका मावि, गुरुकुल विद्यासदन, पश्चिमाञ्चल मावि र फिस्टेल आइबी वल्ड स्कुल रहेका थिए ।
यि १७ टिमबाट १३ गते राखेको प्रस्तुतीको आधारमा फाइनल चरणको लागि १० टिम छानिएका थिए । तिनै १० टिमबीच शनिबार भएको प्रतिष्पर्धामा आफ्नो प्रस्तुती मार्फत गण्डकीले उपाधि जितेको हो ।
प्रतियोगिताको निर्णायकमा असिम शेरचन, विनोद बानियाँ र अमित गुरुङ रहेका थिए । बिजेताहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, सङ्घका अध्यक्ष हर्कराज गुरुङ (भाइ), कार्यक्रम संयोजक तेज केसी, पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकाल, गण्डकीका पर्यटनमन्त्रीका स्वकिय सचिव जीवन उच्चै ठकुरी, गण्डकी प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव मनकुमार श्रेष्ठ लगायतले पुरस्कार वितरण गरे ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो कार्यक्रमको आयोजनाले नयाँ पुस्तालाई साङ्गीतिक क्षेत्रमा अगाडि बढ्न उत्पेरित गरेको बताए । प्रतियोगिताले पोखराको कला र सङ्गीतको विकासमा सघाउ पुग्ने विश्वास समेत उनको थियो ।
यसअगाडि शुक्रबार गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले यस प्रतियोगिताको उद्घाटन गरेका थिए । यस्ता कार्यक्रमको आयोजनाले लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउने उनले बताए । पर्यटनको राजधानी पोखरामा आयोजना गरिएको यस कार्यक्रमले पर्यटन प्रवद्र्धनमा समेत सघाउने बताए ।
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

