नेपाल भारत मैत्री संघको अध्यक्षमा जयराम पौडेल
पाेखरा | भदौ १४, २०८२
पोखरा: नेपाल भारत मैत्री संघ कास्की शाखाको मैत्री सभा तथा पाँचौं अधिवेशनले जयराम पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिका सदस्यहरूमा धर्मराज आचार्य, मनिका थापा, प्रेमप्रसाद बराल, हरिप्रसाद खनाल, प्रा.डा.अर्जुन आचार्य, उदयकान्त तिवारी, खेमबहादुर गुुरुङ, बसन्तराज आचार्य, सुमन गुप्ता, मीरा आचार्य, कृष्णप्रसाद पौडेल र गिरीराज गौतम रहनुभएको छ । निवर्तमान अध्यक्ष सह प्रा.डा.बीरबहादुर कार्की रहनुभएको छ ।
यस अघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका समाजिक विकास मन्त्री विन्दुुकुमार थापाले नेपाल र भारतबीचको सम्बन्धलाई प्रगाढ बनाउन संघको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । भारतसँगको सम्बन्ध धार्मिक, सामाजिक आदि रुपबाट धेरै महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।
नेपाल भारत मैत्री संघ केन्द्रीय समितिका सह अध्यक्ष बोधकृष्ण सुवेदीले दुई देशबीचका नागरि नागरिक बीचको सम्बनधलाई बलियो बनाउने कुरामा संघले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
संविधानसभा सदस्य शारदा पौडेलले दुई देशबीचका नागरिकलाई सद्भाव र सत्प्रेमले सबैलाई जोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
नेपाल भारत मैत्री संघका केन्द्रीय उपाध्यक्ष हरिराम पौडेलले मित्रलाई चिढाउने भन्दा पनि कुटनीतिक सम्बन्धलाई बलियो बनाउँदै देखिएका समस्याको समाधान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
नेपाल भारत मैत्री संघ कास्कीका अध्यक्ष सह प्रा.डा.बीरबहादुर कार्कीको सभापतित्व एवम् सचिव गिरिराज गौतमले सञ्चालन गर्नुुभएको कार्यक्रममा निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका पूर्व अध्यक्ष ऋषि सापकोटा, केन्द्रीय सदस्य सागर खरेल, निवर्तमान अध्यक्ष जगनबहादुर गुरुङ लगायतले बोल्नुभएको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

