स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

सप्तरी | साउन ३०, २०८२

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

सप्तरी:  सप्तकोशी नगरपालिका–४ तुलसी चोकबाट स्रोत नखुलेको नगद २० लाख ७८ हजार रुपैयाँसहित दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 


पक्राउ पर्नेहरूमा धनकुटा सहिदभूमी गाउँपालिका–३ बस्ने २१ वर्षीय जीवन लम्जेल र सोही गाउँपालिका–१ बस्ने २८ वर्षीय आएन राई रहेका छन् ।


प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरीले कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को. ३३ प १८९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । 


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौं:  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ।  निगमले भारतबाट मूूल्य धेरै बढेर आएको भए पनि उपभोक्ता हितलाई ध्यानमा राख्दै पेट्रोलमा २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मात्...

थप पढ्नुहोस्

काठमाडौं:   दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को उपाधि कर्णाली याशिवले जितेको छ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शनिबार भएको प्रतिस्पर्धात्मक फाइनलमा साविक विजेता ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज ७७ वटै जिल्लामा जनप्रदर्शनसहित जनसभा गरेको छ ।  पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले तेस्रो चरणको कार्यक्रमअन्तर्गत आज जिल्लास्तरमा ...

थप पढ्नुहोस्