पेशागत दक्षताका लागि जनप्रिय क्याम्पसमा प्राध्यापक तालिम
पाेखरा | साउन १९, २०८२
पोखरा: पेशागत दक्षतालाई प्रवद्र्धन गर्ने उद्देश्यले जनप्रिय बहुमुखी क्याम्पस पोखरामा प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ ।
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा तालिम साउन १८ गतेदेखि २३ गतेसम्म जनप्रिय क्याम्पसको अन्नपूर्ण हलमा सञ्चालन हुनेछ ।
तालिमको उद्घाटन गर्दै युजिसीका अध्यक्ष प्राडा देवराज अधिकारीले देशभरका सामुदायिक क्याम्पसमा गुणस्तरीय पठनपाठन सुनिश्चित गर्न ७ वटा तालिम केन्द्रहरू स्थापना गरिएको जानकारी दिए ।
विद्यार्थी भर्ना दरमा कमी र कक्षा छाड्ने दरमा वृद्धि हुनुको पछाडि प्रभावकारी अध्ययन–अध्यापनको अभाव एक कारण हो, अध्यक्ष अधिकारीले भने, त्यसैले नेहेप प्रोजेक्ट अन्तर्गत जनप्रिय क्याम्पस जस्ता अग्रणी क्याम्पसहरूलाई तालिमको जिम्मेवारी दिइएको हो ।
उनले गण्डकी प्रदेशका ११ ओटा क्युएए प्रत्यायन प्राप्त सामुदायिक क्याम्पसका ३० जना प्राध्यापकहरू सहभागी रहेको तालिमले व्यवहारिक शिक्षामा सुधार ल्याउने अपेक्षा गरिएको बताउँदै अध्यक्ष अधिकारीले सहभागी प्राध्यापकहरूलाई दोस्रो चरणमा तालिम दिनका लागि योग्य बनाउने उद्देश्य रहेको बताए ।
कार्यक्रममा लुम्बिबनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति तथा युजिसीका प्राविधिक सल्लाहकार प्राडा हृदयरत्न बज्राचार्यले तालिम केन्द्रको सञ्चालनले दक्ष प्रशिक्षक उत्पादन हुने र सामुदायिक क्याम्पसहरूमा शैक्षिक गुणस्तर अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले सामुदायिक क्याम्पसहरूका लागि प्राध्यापक तालिम कार्यक्रम ऐतिहासिक उपलब्धि भएको बताउँदै सहभागीलाई तालिमको मर्म आत्मसात् गर्न आग्रह गरे ।
क्याम्पस प्रमुख कृष्णबाबु बरालले जनप्रिय क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट अनुदान प्राप्त गर्दै आएको र सन् २००७ देखि नै उच्च शिक्षामा सुधारको अभियानमा सक्रिय रहँदै आएको जानकारी दिए । यस वर्ष क्याम्पसले तीनवटा तालिम सञ्चालन गर्ने योजना रहेको पनि उनले बताए ।
तालिममा जनप्रिय, म्याग्दी, गलकोट, जनज्योति, मस्र्याङ्दी, द्रव्यशाह, आदिकवि भानुभक्त, कालिका, गुप्तेश्वर महादेव, कन्या, पोखरा बहुमुखी क्याम्पसका ३० जना प्राध्यापक सहभागी रहेका छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

