बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका इन्द्र बानियाँले पेस गरे दाबी
मकवानपुर | साउन १९, २०८२
मकवानपुर: नेपाली कांग्रेसको बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोमबार संविधानको धारा १६८ को उपधारा (२)अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । प्रदेश प्रमुखले सरकारका लागि आह्वान गरेको केही बेरमै बानियाँले दाबी पेस गरेका हुन् ।
बानियाँले सत्ता साझेदार नेकपा एमाले र कांग्रेसका तर्फबाट प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री पदमा दाबी पेस गरेको उनीनिकट कार्यकर्ताहरू तस्बिर सामाजिक सञ्जालमा राखेका छन् ।
गलकोट: निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् । निमार्णा...
पोखरा: डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । ...
काठमाडौं: गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु। ७०० ले बढेको छ भने चाँदी प्रतितोला रु। पा...

