पोखरामा ९ जुवाडे २ लाख बढी नगदसहित पक्राउ
पाेखरा | साउन ११, २०८२
पोखरा: पोखरा लेकसाइडस्थित होटल लेक टपको कोठामा जुवातास खेलिरहेका ९ जना जुवाडेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको छ ।
होटलको कोठामा तास खेलिरहेका ९ जना जुवाडेलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक हरी बहादुर बस्नेतले जानकारी दिए ।
९ जना जुवाडेको साथबाट २ लाख ५६हजार ४ सय, भारतीय नगद रु ५ हजार ५ सय र २० बुक तास बरामद भएको प्रनाउ बस्नेतले बताए ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका घर भएका ४७ वर्षीय चिन्तामणी अधिकारी, २७ वर्षीय अर्जुन अधिकारी, ४९ वर्षीय माया गुरुङ, भक्तपुर घर भई पोखरा बस्ने ५६वर्षीय रामजी घजु, बागलुङ जैमिनी घर भई पोखरा बस्ने २९ वर्षीय तुलबहादुर थापा छन् ।
यस्तै पवर्तको बिहादी घर भई पोखरा बस्ने ४८ वर्षीय दुर्गाबहादुर थापा, बागलुङ बडिगाड घर भई पोखरा बस्ने ५४ वर्षीय हेमबहादुर श्रीस, म्याग्दीको रघुगंगा घर भई पोखरा बस्ने ४० वर्षीय दिपक आचार्य र रोल्पा सुनछहरी घर भई पोखरा बस्ने २९ वर्षीय मिनु बुढामगर छन् ।
पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित,स्वास्थ्य,सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरील जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

