पोखरामा ९ जुवाडे २ लाख बढी नगदसहित पक्राउ
पाेखरा | साउन ११, २०८२
पोखरा: पोखरा लेकसाइडस्थित होटल लेक टपको कोठामा जुवातास खेलिरहेका ९ जना जुवाडेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको छ ।
होटलको कोठामा तास खेलिरहेका ९ जना जुवाडेलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक हरी बहादुर बस्नेतले जानकारी दिए ।
९ जना जुवाडेको साथबाट २ लाख ५६हजार ४ सय, भारतीय नगद रु ५ हजार ५ सय र २० बुक तास बरामद भएको प्रनाउ बस्नेतले बताए ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका घर भएका ४७ वर्षीय चिन्तामणी अधिकारी, २७ वर्षीय अर्जुन अधिकारी, ४९ वर्षीय माया गुरुङ, भक्तपुर घर भई पोखरा बस्ने ५६वर्षीय रामजी घजु, बागलुङ जैमिनी घर भई पोखरा बस्ने २९ वर्षीय तुलबहादुर थापा छन् ।
यस्तै पवर्तको बिहादी घर भई पोखरा बस्ने ४८ वर्षीय दुर्गाबहादुर थापा, बागलुङ बडिगाड घर भई पोखरा बस्ने ५४ वर्षीय हेमबहादुर श्रीस, म्याग्दीको रघुगंगा घर भई पोखरा बस्ने ४० वर्षीय दिपक आचार्य र रोल्पा सुनछहरी घर भई पोखरा बस्ने २९ वर्षीय मिनु बुढामगर छन् ।
पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित,स्वास्थ्य,सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरील जनाएको छ ।
काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस ९ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा यही पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५औँ म...
काठमाडौं: काठमाडौं महानगरपालिकाको शिक्षा विभागले १०७ विद्यालयललाई सम्पर्कमा आउन सूचना सार्वजनिक गरेको छ । महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रुपमा सञ्चालनमा नरहेको पाइएपछि सम्पर्कमा आउन सूचना सार्व...
पोखरा: पोखरामा आगामी माघ ९ देखि १७ गतेसम्म हुने छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा चार विदेशी क्लबसहित चौध टिमको सहभागित...

