पोखरामा ७५ लाख बढी नगदसहित तीन जना पक्राउ
पाेखरा | साउन ११, २०८२
पोखरा: पोखरामा अवैध रुपमा विदेशी बिनिमय रकम कारोवार गरेको आरोपमा तीन जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका–१७ पार्दी बिरौटामा अवैध रुपमा विदेशी बिनिमय कारोबार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलियाले बताए ।
कास्की प्रहरी प्रमुख ओलियाका अनुसार पक्राउ परेका तीनजनाको साथबाट ७५ लाख ९६हजार ९ सय रुपैयाँ बरामद भएको बताए ।
पक्राउ पर्नेमा झापा दमक भई पोखरा बैदाममा हिलारी मनि चेन्जरका संचालक ४५ वर्षीय राजकुमार बुढाथोकी, रुपन्देही सिद्धार्थनगर १३ हाटबजार घर भई रुपन्देही र कास्कीमा रेष्टुरेण्ट व्यवसायी ४५ वर्षीय महुमुद्धिन एम अहमद र पोखरा १९ पुरनचौरमा सगरमाथा मनि चेन्जरका सञ्चालक ४३ वर्षीय खेमराज पौडेल छन् ।
पक्राउ परेका राजकुमार विगत २० वर्षदेखि र खेमराज पौडेल विगत १४ वर्षदेखि मनि एक्सचेन्ज कम्पनी सञ्चालन गरी अवैध सटही कारोबारमा संलग्न रहेको देखिएको छ ।
पक्राउ परेका उनीहरुलाई राष्ट्र बैंक ऐन, २०५८ को परिच्छेद ११ अन्तर्गत दफा ९५ बमोजिम बैंकबाट इजाजतपत्र नलिई विदेशी विनिमय कारोबार गरेको कसूरमा अनुसन्धान अगाडि बढाएको कास्की प्रहरील जनाएको छ ।
गलकोट: निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् । निमार्णा...
पोखरा: डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । ...
काठमाडौं: गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु। ७०० ले बढेको छ भने चाँदी प्रतितोला रु। पा...

