सुर्खेतमा श्रीमानले गरे श्रीमतीको हत्या
सुर्खेत | साउन ११, २०८२
सांकेतिक तस्वीर
सुर्खेत: सुर्खेतमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । आज विहान वीरेन्द्रनगर–१३, करेखोलामा बस्दै आएका दानसिंह ठाडा मगरले दाउराको चिर्पटले हानेर श्रीमतीको हत्या गरेका हुन् ।
४२ वर्षीय ठाडाले आफ्नै श्रीमती ४१ वर्षीय रविना थापाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार हत्या लगत्तै ठाडामगगरले ठेगानासहित प्रहरीलाई नै फोन गरेर आफुलाई पक्राउ गर्न बोलाएका थिए ।
खबर पाउनासाथ घट्नास्थल पुगेको प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) मोहनजंग बुढथापाले बताउनुभयो ।
यसअघि प्रहरीलाई फोन गर्नुपूर्व ठाडामगरले प्रहरीको नम्बर माग्न वडाध्यक्षलाईसमेत फोन गरेका थिए । जानकारी पाउने वित्तिकै नगर प्रहरी र प्रहरी चौकी करे खोलाबाट टोली घटनास्थलमा पुगेको थियो ।
घटनाको कारण अझै खुलिनसकेकाले थप अनुसन्धानका लागि प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको प्रहरीको भनाइ छ ।
पोखरा: घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ । अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा शुक्रबार मात्रै ३ हजार भन्दा बढी पर्यटक भित्रिएप...
काठमाडौं: यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...
काठमाडौँ । लागुऔषध अनुसन्धानमा संलग्न घुङ्ग्रुलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ । महाराजगन्जस्थित नेपाल प्रहरी केनाईन कार्यालयले घुङ्ग्रुलाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ । &...

