सिद्धार्थ राजमार्गमा साँझदेखि सवारी साधन चलाउन रोक

पाेखरा | साउन ४, २०८२

सिद्धार्थ राजमार्गमा साँझदेखि सवारी साधन चलाउन रोक

पोखरा:   जिल्ला प्रशासन कार्यालय कास्कीले सिद्धार्थ राजमार्ग हुँदै स्याङ्जातर्फ जाने सवारी साधन संचालनमा रातको समय सवारी साधन चलाउन प्रशासनले रोक लागएको छ।


कार्यालयले आइतबार सूचना जारी गर्दै भारी वर्षा र सम्भावित जोखिमलाई मध्यनजर गर्दै साँझपछि तोकिएको समयमा अत्यावश्यक सेवाबाहेकका सवारी साधन चलाउन रोक लगाएको हो।


सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालद्वारा जारी सूचनाअनुसार, साउन ४ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो। 


निर्णयअनुसार, अत्यावश्यक सेवाबाहेकका लामा दूरीका सवारी साधनलाई साँझ ४ बजेपछि र छोटो दूरीका सवारी साधनलाई साँझ ५ बजेपछि कास्कीको छोरेपाटनबाट स्याङ्जातर्फ जान रोक लगाइएको छ।


प्रशासनले यस वर्षको मनसुन सक्रिय रही साउन ३ गते रातिदेखि अविरल वर्षा भइरहेको र जल तथा मौसम विज्ञान विभागले गण्डकी प्रदेशमा थप भारी वर्षाको पूर्वानुमान गरेकाले मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि यो कदम चालिएको जनाएको छ। स्याङ्जा जिल्लासँगको समन्वयमा यो निर्णय लिइएको सूचनामा उल्लेख छ।


प्रशासनले अत्यावश्यक अवस्थामा बाहेक सवारी साधन संचालन नगर्न र गर्नैपर्ने भएमा नजिकको सुरक्षा निकायसँग समन्वय गरी मात्र संचालन गर्न सम्बन्धित सबै सरोकारवालालाई अनुरोध गरेको छ।


यस्तै जिल्ला प्रशासन कार्यालय कास्कीले घान्द्रुक, लान्द्रुक,सिक्लेस र ताङतिङ जाने सडकमा समेत रातको समय सवारी साधन चलाउन प्रशासनले रोक लागएको छ।


बर्षासँग आउने बाढी र पहिरोको जोखिम भएकाले रातीको समय उक्त गन्तव्यमा सवारी चलाउन रोक लगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।


 

यो पनि पढ्नुहोस

 

 

काठमाडौं:  नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस ९ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा यही पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५औँ म...

थप पढ्नुहोस्

काठमाडौं:   काठमाडौं महानगरपालिकाको शिक्षा विभागले १०७ विद्यालयललाई सम्पर्कमा आउन सूचना सार्वजनिक गरेको छ । महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रुपमा सञ्चालनमा नरहेको पाइएपछि सम्पर्कमा आउन सूचना सार्व...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा आगामी माघ ९ देखि १७ गतेसम्म हुने छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा चार विदेशी क्लबसहित चौध टिमको सहभागित...

थप पढ्नुहोस्