सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै
काठमाडाैं | असार १, २०८२
काठमाडौं: मुलुकका सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट सार्वजनिक गर्दै छन् ।
प्रदेश सरकारले हरेक वर्ष असार १ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । केन्द्र सरकारले जेठ १५ गते नै बजेट सार्वजनिक गरिसकेको छ भने स्थानीय सरकारले असार १० गते बजेट सार्वजनिक गर्ने छन् ।
कोशी प्रदेशले ३५ देखि ४० अर्ब हाराहारीको बजेट सार्वजनिक गर्ते तयारी गरेको छ भने मधेश प्रदेशले ४५ अर्ब बराबरको बजेट ल्याउन लागेको छ ।
यस्तै, बाग्मती प्रदेश सरकारले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा ६८ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।
यसैगरी, गण्डकी प्रदेशले ३२ अर्बको बजेट ल्याउने तयारी गर्दा लुम्बिनी प्रदेशले चालू आर्थिक वर्षको भन्दा केही सानो बजेट ल्याउने स्रोतले जनाएको छ । लुम्बिनी सरकारले चालू आर्थिक वर्षमा झण्डै ३९ अर्बको बजेट ल्याएको थियो ।
कर्णाली प्रदेशले ३१ अर्बको सेरोफेरोमा बजेटको तयारी गरिरहँदा सुदूरपश्चिम प्रदेशले चालु आर्थिक वर्षकै आसपासमा ३१ अर्बको बजेट ल्याउन लागेको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

