मगर समुदायले भूमे पर्व मनाउँदै
लुम्बिनी प्रदेशका चार जिल्लामा बिदा
दाङ | असार १, २०८२
दाङ: मगर जातिले आइतबार आफ्नो मुख्य भूमे पर्व मनाउँदै छन् । मगर जातिले परापूर्वकालदेखि आफू बसेको ठाउँको भूमि र भूमि देवतालाई पूजा गर्ने चलन रहि आएको छ ।
भूमि बिना कुनै पनि जीवको अस्तित्वको कल्पना गर्न नसकिने र भूमि नै जीवनदाता भएको मान्यता राख्दै मगर समुदायले यो पर्व मनाउने गर्दछन् ।
भूमे पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले आइतबार चार जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद नेपालका अनुसार दाङ, रोल्पा, रुकुमपूर्व र प्यूठानका सम्बन्धित समुदायलाई बिदा दिएको हो ।
विगत वर्षमा पनि प्रदेश सरकारले भूमे पर्वका अवसरमा बिदा दिँदै आएको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

