गण्डकी प्रदेशस्तरीय पुरूष टि–२० क्रिकेट: तनहुँको विजयी सुरुवात
पाेखरा | जेठ ३१, २०८२
पोखरा: पोखरा रंगशालामा आजदेखि सुरु भएको तेस्रो गण्डकी प्रदेशस्तरीय पुरूष टि–२० क्रिकेट प्रतियोगितामा तनहुँले बाग्लुङलाई १० रनले पराजित गरेको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको तनहुँले २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रन बनाएको थियो । तनहुँका बंश क्षेत्रीले अविजित ७० रनको योगदान दिए । सुप्रिम सुनारले १९ रन, नरेश शाहीले १४ रन, र समीर कँडेलले १० रनको योगदान दिए ।
बाग्लुङका बलर विश्व कार्कीले ३ विकेट लिए भने अश्विन थापा र सन्चार निउरेले समान २–२ विकेट हात पारे ।
१३५ रनको रनको लक्ष्य पछ्याएको बागलुङले २० ओभरमा ६विकेटको क्षतिमा १२४ रनमा समेटियो ।
बागलुङका लागि बिबेक नेपालीले ४९ बलमा ३७ रनको अविजित पारी खेले भने आरस तामाङले १९ रन, चन्द्रदीप यादवले १७ रन र साहिल स्वर्णकारले १९ रन बनाए ।
तनहुँका बलरहरू उत्कृष्ट प्रदर्शन गर्दै बाग्लुङको रन गति नियन्त्रणमा राख्न सफल भए । वंश क्षेत्रीले बलिङमा पनि २ विकेट लिएर ‘प्लेयर अफ द म्याच’ बने । साथै, चन्द्रकान्त पौडेलले पनि २ विकेट लिंदा सन्दीप पराजुली र क्रिश अय्यरले १–१ विकेट लिए ।
यस अघि आजनै भएको पहिलो खेलमा समुह ए मा नै स्याङजाले जित दर्ता गरेको छ भने म्याग्दी पराजित भएको छ ।
भोली )आइतबार) पहिलो खेल म्याग्दी र तनहुँ तथा दोस्रो खेल बाग्लुङ र स्याङजाका बीच हुनेछ ।
पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा सुरू भएको प्रतियोगिता दुई समूहमा विभाजनमा गरि सञ्चालन भएको छ । समूह ‘ए’ मा स्याङजा, बाग्लुङ, तनहुँ र म्याग्दी रहँदा समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा रहेका छन् । प्रत्येक दिन दुई खेल हुने गरी तालिका तय गरिएको संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमले नगद रु १ लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु २ हजारसहित ट्रफी प्रदान गरिनेछ । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले रु १ हजार नगद र ट्रफी प्राप्त गर्ने प्रतियोगिताका संयोजक ऋषीराम गौतमले बताए ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

