अधिकारी समाजको रक्तदानमा ६० युनिट रगत संकलन
पाेखरा | जेठ ३१, २०८२
पोखरा: अधिकारी समाज कास्की इकाई समिति प्रस्याङ्गौरा आयोजित जेष्ठ नागरिक सम्मान एवं खुल्ला रक्तदानमा ६० युनिट रगत संकलन भएको छ । उक्त कार्यक्रममा ६० जनाले रक्तदान गरेका थिए ।
समाजले वार्षिकरुपमा गर्दै आएको रक्तदान कार्यक्रम यस वर्ष विश्व रक्तदाता दिवसकै अवसर पारेर आयोजना गरिएको समितिका अपाध्यक्ष एवम कार्यक्रम संयोजक श्रीराम अधिकारीले बताए ।
कार्यक्रमको अधिकारी समाज कास्की जील्ला अध्यक्ष हेमन्त अधिकारीले समाजकै आजीवन सदस्य ओम प्रसाद अधिकारीलाई व्लडव्याग हस्तान्तरण गरि उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै अधिकारीले इकाइ समितिको सक्रियताको प्रंशसा गर्र्दै समाजिक कार्यमा सबै एकजुट हुन आग्रह गरे ।
उनले किशोर किशोरीहरुले आफ्नो युवा अवस्थामा प्रवेश गरिरहदा आफ्नो १८ औं जन्मदिन रक्तदान गरेर सामाजिक एवम् मानविय धर्म कार्यको सुरुवात गर्नुपर्ने बताए ।
प्रादेशिक रक्त सञ्चार सेवा कास्कीका वरिष्ठ प्राविधिक महेन्द्र केसीले रगतको विकल्प रगत मात्रै भएको बताउदै दुर्घटना, शल्यक्रिया वा अन्य आकस्मिक अवस्थामा रगतको आवश्यकता मानिसको जीवन संग जोडिएको बताए । सो अवसरमा समाजका जिल्ला सदस्य पूर्णभद्र अधिकारी , पुर्व जील्ला अध्यक्ष शंकर प्रसाद अधिकारी लगाएत बोलेका थिए ।
कार्यक्रममा ८० वर्ष पुरा भएका इकाइ समिति भित्रका ७ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । सम्मान हनेमा रविलाल , वालाकृष्ण, नन्दकली, धनमाया, चुडामणी र वसन्धरी अधिकारी रहेका छन् ।
अधिकारी समाज कास्की इकाई समिति प्रस्याङ्गका अध्यक्ष रुद्रप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिव पुष्पराज अधिकारीले गरेका थिए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

