गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेट: स्याङ्जाको विजयी सुरुवात
पाेखरा | जेठ ३१, २०८२
Photo: Basanta Sherpa
पोखरा: पोखरामा आज देखि सुरु भएको गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा स्याङ्जाले सहज जित निकालेको छ ।
पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको पहिलो खेलमा स्याङ्जाले म्याग्दीलाई ६विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
टस जितेर ब्याटिङ रोजेको म्याग्दीले १८.५ ओभरमा सबै विकेट गुमाएर ८८ रनमा समेटियो ।
८९ रनको लक्ष्य पछ्याउँदै स्याङ्जाले १२.४ ओभरमा मात्र ४ विकेट गुमाएर ९३ रन बनाउँदै ६ विकेटको जित निकालेको हो ।
स्याङ्जाको जितमा ईश्वर क्षेत्रीले १८ बलमा ५ चौक र २ छक्काका साथ ३९ रन बनाउँदा करण पंगेनी ३१ बलमा नट आउट रहँदै २३ रनको योगदान दिए । त्यस्तै अश्विनी राना १८ बलको सामना गर्दै १ चौका, २ छक्काका साथ नट आउट रहँदै २० रन जोडे ।
म्याग्दीका लागि हरि सुवेदीले ४ ओभरमा १२ रन, २ विकेट लिए भने सागर कटुवालले ३.४ ओभरको स्पेलमा ३० रन खर्चिएर २ विकेट हात पारे ।
म्याग्दीका लागि सर्वाधिक रन रोशन कार्कीले २० बलमा १ चौक र २ छक्काको मद्धतमा २७ रन बनाए । भने दिनेश क्षेत्रीले २४ रन र सागर कटुवालले २० रन जोडे । अन्य ब्याटर भने खासै टिक्न सकेनन् । म्याग्दीका ६ खेलाडीले एकल अंकमा पनि रन बनाउन सकेनन् ।
स्याङ्जाका बलर करण पंगेनी र सुजन गौतमले समान ३–३ विकेट लिए । तुलसीराम भण्डारी र अंकित न्यौपानेले १–१ विकेट हात पारे । सुजन गौतमले २.५ ओभरमा १३ रन दिँदै ३ विकेट लिएका थिए भने करण पंगेनीले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट झारे । उनी म्यान अफ दि म्याच बने ।
प्रतियोगितामा सहभागी ८ टिमलाई दुई समूहमा विभाजनमा गरि सञ्चालन भएको छ । समूह ‘ए’ मा स्याङजा, बाग्लुङ, तनहुँ र म्याग्दी रहँदा समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा रहेका छन् ।
प्रत्येक दिन दुई खेल हुने गरी तालिका तय गरिएको संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमले नगद रु १ लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु २ हजारसहित ट्रफी प्रदान गरिनेछ । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले रु १ हजार नगद र ट्रफी प्राप्त गर्ने प्रतियोगिताका संयोजक ऋषीराम गौतमले बताए ।
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...
काठमाडौँ । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेप...

