काठमाडौंको शंखरापुरमा पुतलीको हत्या, श्रीमान् फरार
काठमाडाैं | बैशाख ८, २०८२
काठमाडौंको शंखरापुरमा एक जना महिलाको हत्या भएको छ।
आइतबार राति शंखरापुर नगरपालिका–९ सानागाउँस्थित तीनतले घरको भुइँ तलामा डेरामा एक जना महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
मृतक रामेछाप खाडादेवी गाउँपालिका–७ घर भएकी पुतली घिसिङ छन्। उनको घाँटीमा धारिलो हतियार प्रहार भएको थियो। हतियार घटनास्थलमा प्रहरीले फेला पारेको छैन।
पुतली र उनका बच्चाहरू घाइते अवस्थामा रहेको भनी प्रहरीलाई खबर भएको थियो।
उक्त खबरपछि प्रहरीको टोली खटिएको थियो।
११ वर्षीय रिदम घिसिङ र १० वर्षीया संजिता घिसिङ सामान्य घाइते अवस्थामा फेला परेका थिए।
घटनास्थलबाट मृतक पुतलीका श्रीमान ५२ वर्षीय पदम घिसिङ फरार छन्।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

