सिंहदरबारभित्रै राप्रपा नेताहरुकाे प्रदर्शन, अध्यक्ष लिङ्देनसहित ३ जना प्रहरी नियन्त्रणमा

काठमाडाैं | बैशाख ७, २०८२

सिंहदरबारभित्रै राप्रपा नेताहरुकाे  प्रदर्शन, अध्यक्ष लिङ्देनसहित ३ जना प्रहरी नियन्त्रणमा

काठमाडौं:  राप्रपाका नेताहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेपछि प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

राप्रपाले आज बिजुलीबजार क्षेत्रमा प्रदर्शनको कार्यक्रम राखेको थियो ।

 

राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरु भने, सिंहदरबारस्थित पार्टी दलको कार्यालयमा थिए ।

 

प्रहरीले उनीहरुलाई त्यहीँ रोक्ने प्रयास गरेको थियो । त्यसपछि उनीहरुले सरकारविरोधी नारा लेखिएका पम्प्लेट बोकेर दक्षिण गेटबाट बाहिर निस्किन खोजेका थिए ।

पोखरा:  १४ ओेैं पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ ओैं पोखराको महोत्सवको तयारी त...

थप पढ्नुहोस्

पोखरा:    पोखरामा बुधबारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ ।  पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतिय...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायमा देखिएका विद्यमान कानुनी जटिलता र करका दरहरूमा सुधार गर्न माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।  ...

थप पढ्नुहोस्