सुरु भयो चियाको पहिलो टिपाइ
झापा | चैत १५, २०८१
झापा: इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ । जिल्लाको तल्लो क्षेत्रमा चियाको टिपाइ सुरु भएको छ भने माथिल्लो क्षेत्रमा भने अझै सुरु भएको छैन ।
गत कात्तिकदेखि बन्द भएको चिया टिपाइ चैत लागेपछि सुरु भएको किसान दीपक खतिवडाले बताउनुभयो । चियाको पहिलो टिपाइलाई ‘फस्ट प्लग’ भनिन्छ ।
पहिलो टिपाइबाट तयार हुने चिया उच्च गुणस्तरको हुने भएकाले महँगो मूल्यमा बिक्री हुन्छ । यस याममा चियामा पानीको मात्रा कम हुने भएकाले यसलाई राम्रो चियाका रूपमा लिने गरिन्छ ।
जिल्लाका तल्लो क्षेत्र माई नगरपालिकाको दानाबारी, रोङ गाउँपालिकाको विभिन्न क्षेत्रमा चियाको टिपाइ चैतदेखि सुरु हुन्छ । तर केही माथिल्लो स्थान तथा इलाम बजार क्षेत्रमा भने भर्खरै चिया पलाउन सुरु भएको छ । सन्दकपुर गाउँपालिकाको सुलुबुङ, माइजोगमाई गाउँ माथिल्लो क्षेत्रमा पनि चियाको बोटमा मुना पलाउन थालेका छन् ।
इलामलगायत पूर्वी क्षेत्रमा ११ हजार ५६९ हेक्टरमा चियाखेती भइरहेको छ । जसमा १४ हजार ८९८ साना किसान चियाखेतीमा संलग्न छन् । तथ्याङ्कअनुसार हाल यहाँ एक करोड ८२ लाख केजी सिटिसी तथा ४९ लाख किलो अर्थोडक्स चिया उत्पादन हुने गरेको छ ।
पोखरा: ‘मिस्टर एन्ड मिस बिश्वकर्मा गण्डकी सिजन–३’ को उपाधि मिस्टर बिश्वकर्मा तर्फ निश्चल सुनार र मिस बिश्वकर्मा तर्फ स्वेक्षा विश्वकर्माले जितेका छन् । उनीहरुले विभिन्न प्रतिस्पर्धात्मक चरण पार गर्...
काठमाडौं: नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भोलि मंगलबारसम्मका लागि लम्बिएको छ । दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल जारी रहेकाले महाधिवेशन भोलिसम्म चल्ने साथै नयाँ नेतृत्व चयनका लागि...
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १०औँ पोखरा स्पोर्ट्स अवार्ड २०८२ को मिति घोषणा गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सोमबार बसेको का...

