वडाध्यक्ष दीपकलाई रड प्रहार गर्ने भूपेन्द्रविरुद्व निवेदन
पाेखरा | चैत ३, २०८१
कास्की: पोखरा महानगरपालिका २१ का वडाध्यक्ष दीपक सुवेदीले आफुलाई रड प्रहार गर्ने स्थानीय भूपेन्द्र गिरी (ठुलो) विरुद्व निवेदन दिएका छन् ।
वडाध्यक्ष सुवेदीले आफुलाई शनिबार रड प्रहार गर्ने गिरीविरुद्व कारवाहीको मागसहित वडा प्रहरी कार्यालय बैदाममा आज निवेदन दिएको जानकारी दिए ।
‘कानूनी उपचारका लागि वडा प्रहरी कार्यालय बैदाममा निवेदन दिएको छु, वडाध्यक्ष सुवेदीले सुनगाभा न्यूजसँग भने, ‘प्रहरी टोलीले खोजतलास गर्दै हुनुहुन्छ त्यसपछि थप प्रक्रिया अघि बढ्छ ।’
कानून बर्खिलाप सार्वजनिक जग्गामा निर्माण हुँदै गरेको संरचना हटाउने आफ्नो कर्तव्य भएकाले आफु त्यहाँ पुगेको वडाध्यक्ष सुवेदीले बताए ।
सोही क्रममा उनलाई निर्मलपोखरीको बाँझीपोखरीका भूपेन्द्र (ठुलो) ले उनलाई अपशब्द बोल्दै रड प्रहार गरेका थिए ।
सुवेदीसँगै त्यहाँ वडा सदस्य विमला केसीसँगै अन्य स्थानीयहरुपनि सहभागी थिए ।
भूपेन्द्र (ठुलो) ले सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गरिरहेको बताइएको छ ।
पोखरा: १४ ओेैं पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ ओैं पोखराको महोत्सवको तयारी त...
पोखरा: पोखरामा बुधबारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतिय...
काठमाडौं: नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायमा देखिएका विद्यमान कानुनी जटिलता र करका दरहरूमा सुधार गर्न माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । ...

